आयरल्याण्ड ३ विकेटले पराजित, नेपाल यू १९ विश्वकपका लागि छनोट

विजयी खेलाडीहरुलाई हार्दिक बधाई र शुभ कामना !

आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो ।

मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । पहिलो विकेट मात्र ९ रनमा गुमाएको आयरल्याण्डको पारीलाई मध्यक्रमका ब्याट्स्म्यानहरुले सम्हालेका थिए । आयरल्याण्डका लागि ग्रे म्याक्लिन्टकले ४५, एन्ड्य्रु अस्टिनले ४४ र लोरकन टकरले ३३ रन बनाएका थिए । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो ।

१८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका प्रारम्भिक ब्याट्स्म्यान सन्दिप सुनारलाई पहिलो बलमै गुमाएको थियो । सन्दिपले हिजो बुधबार आयरल्याण्डसँगकै खेलमा ८५ रन बनाएका थिए । अर्का ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७ रन बनाए । उनले हिजोको खेलमा ७५ रन बनाएका थिए ।

यस्तै नेपाल नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए ।

नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए । बुधबार आयरल्याण्ड सँगै भएको खेलमा कसिलो बलिङ गरेका प्रेम तामाङ भने आज चलेनन् ।  (समाचार सोतः कान्तिपुर संवाददाता, काठमाडौं  2015-10-22 )
Posted from android system. 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s