राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई

काठमाडौं
यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम खेललमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।
थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले अतिरिक्त समय ९२ औँ मिनेटमा एक/एक गोल गरेका थिए । लिग विजेता टीमले रु एक करोड प्राप्त गर्नेछ । रासस ( कान्तिपुरमा प्रकाशित)

Advertisements