नेपालको राजनिती र कर्मचारीतन्त्रमा घुसको कथा पटकथाहरू नौला कुरा होईनन् तर खेलाडिहरूको शिपलाई नै प्रभावित पार्नेगरि घुसको प्रचलन भने व्याप्त थिएन । यद्यपि खेल संचालन गर्ने कार्यालय र तिनका पदाधिकारीहरु घुसकै कारण छुस भएका कैयौं काण्ड नभएका होइनन्।  हालै भारतको टिमलाई जिताउन घुस खाएको आरोपमा केही नेपाली
खेलाडिहरू समातिएका छन । जुन कुरा खेदजनक छ।

शायद राम्रो खेलेरमात्र जिवन नधानिने कुरा राम्ररी बुझेका ती नेपाली खेलाडिहरूलाई लाग्यो होला कि सवैले खान हुने घुस हामिलेमात्र  खान किन नहुने ! घुस खाएरै ठूलो मान्छे भएका गणेश थापा देखि फिफा पूर्व अध्यक्ष सेप ब्लाटरसम्मको इतिहास देखेका ती खेलाडिहरूलाई यस्तो लाग्नु अचम्म पनि भएन । तर उनिहरूलाई ‘घुस दिन्या र लिन्या’ दुवै एकदिन समातिने छन, पाप धुरिबाट कराउॅछ भन्ने कुरामा त्यत्ति विश्वास नभएरै होला पैसोको मुठो समात्न डराए (?) पनि भो भनिहाल्न सकेनन् ।  र आज आएर पश्चातापमा शोकाकुल छन् ।

जसरि ‘शान्ति सेवा सुरक्षणम’ को विल्ला भिरेका प्रहरी सर्वेन्द्र खनालको हातबाट यी साना खेलाडी समातिए त्यसरि नै ‘देशलाई भ्रष्टाचार मुक्त पार्ने’ संकल्प लिएको अख्तियार दुरूपयोग निवारण आयोगले गणेश थापा लगायतका ठूला खेलाडिहरूलाई  पनि च्याप च्याप समातिदिए पो  भष्टाचार जरैदेखि  निर्मुल हुन्छ  त !

घुस आफैमा खराब हो, त्यो भन्दा ठूलो खराव त साना समातिने ठूलाहरू उल्टै पुरस्कृत हुने परंपरा हो ।

Advertisements