गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशन र युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन

युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन
युरोप उप-संयोजक पदका उमेदवार थर्क सेन

वेलायतको ब्यस्त जीवनमा रहेर पनि नेपाल र नेपालीप्रती हुरुक्क हुने एक जना सफल उद्धमीको नाम हो – थर्क सेन । नेपालको स्याङ्जा जिल्लामा जन्मेर ब्रिटिश गर्खा पल्टनमा बिशेष गरेर कम्पुटर र सुचना प्रविधिका लागि लामो समय कृयाशिल सेन अवकास पछि आफ्नै गर्खा स्कुल अफ मोटरिङ्ग (Gurkha School of Motoring) कम्पनी खोलेर कुशल प्रशिक्षकका रुपमा स्थापित हुनुभएकोछ । वहाँँले आकाशमा उँडने र जमिनमा गुडने रेल बाहेक सबै यातायातका साधनहरुको प्रशिक्षण गराउँदै आउनु भएको छ । वहाँँबाट प्रशिक्षित हजारौँ सवारी चालकहरुले विश्वमै उत्कृष्ट मानिने ट्राफिक नियम र संजाल रहेको वेलायतको सडकमा आफुलाई सुरक्षित महसुस गर्न सकेका छन ।

आँफुमा खारिएर रहेको ट्राफिक नियम र यातायात ब्यवस्थापनको ज्ञानलाई सेनले नेपालमा पनि लागु गर्न पाए सडक दुर्घटना कम गराउन र सुद्रिढ यातायात ब्यवस्थापनको माध्यमबाट अर्थतन्त्रमा खास योगदान पुग्न जाने कुरा औँल्याउँदै आउनु भएकोछ । यसका लागी सरकारी क्षेत्रको सकारात्मक सोच अपरिहार्य हुन आउँछ । यस अलावा सुचना प्रविधी समेतको अव्व्ल ज्ञानले वहाँँलाई सिमित वेलायतिहरुको दर्जामा उभ्याउन सफल भएकोछ । गैह्र आवासीय नेपालीहरुमा केन्द्रित हुँदै गएको शिप, धन, लगनशिलता र प्राविधिक ज्ञानबाट नेपालले लगानि र रोजगारिको अवसर जुटाउनुको साथसाथै राष्ट्रिय अर्थतन्त्रको बिकाशमा समेत ठुलो टेवा पुग्न जाने कुरा बताउँदै आउनु भएकोछ ।

यतिखेर थर्क सेन गैह्र आवासीय नेपाली संघको युरोप उप-संयोजक पदमा उमेदवारी दिएर चुनावी मैदानमा उत्रिनु भएको छ । गैह्र आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सदस्यता लिएर बिदेशमा रहेका नेपालीहरुको हित र संघको संस्थागत बिकाशमा कृयाशिल सेनले संघको बिभिन्न पदमा रहेर कुशलता पुर्वक कार्य संपादन गरिसक्नु भएकोछ । मेलमिलाप र सद्भावको भावनाले ओतप्रेत सेन सँधै भन्ने गर्नुहुन्छ कि – ‘नेपालीहरुका लागि सहयोग गर्ने नेपालीहरुले नै हो, फुटेर होइन जुटेर नेपाल र नेपालीका लागि जे सकिन्छ, गरौँ ।’ यस अवसरमा निस्चित रुपले के भन्न सकिन्छ भने सेनको विजयबाट गैह्र आवासीय नेपाली संघले एक कुशल नेत्रित्व हासिल गर्न सक्नेछ ।

स्मरणीय रहोस, गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशन काठमाण्डौको सोल्टी होटलमा यही अक्टोबरको १४ देखी १७ सम्म संचालन हुँदैछ, जसले आगामी २०१५ देखी २०१७ को अवधिकालागी नयाँँ नेत्रित्व समेत चयन गर्दैछ । महाधिवेशन र बिजया दशमीको यस पावन अवसरमा सिमान्तको तर्फबाट गैह्र आवासीय नेपाली संघको सातौँ महाधिवेशनका संपूर्ण प्रतिनिध, पर्यवेक्षक र शुभचिन्तकहरु सबैमा हार्दिक शुभकामना टक्र्याउन चाहन्छौँ ।

एउटा दस्तावेजका रुपमा हामीले आदरणीय थर्क सेनको चुनावी मन्तव्यलाई जस्ताकोतस्तै प्रकाशित गरेका छौं । तपाईंँहरुले पनि आफ्नो चुनावी प्रतिबद्धतालाई सिमान्तमा उपलब्ध गराउनु भयो भने हामी यसरी नै प्रकाशित गर्ने छौँ । ईमेलबाट पनि संपर्क गर्न सकिने छ- jujawags5@gmail.com

♦♦♦♦♦

गैह्र आवासीय नेपाली संघ

युरोप उप-संयोजक पदका उमेदवार

थर्क सेन

को मन्तव्य  

आदरणीय अग्रज एवं शुभ चिन्तकहरु

यहाँँहरुमा विदितै भएको कुरा हो कि हामी गैह्र आवासीय नेपाली संघको सातौँ सम्मेलनका शुभ अवसरमा विश्वभरिबाट फेरी एक पटक मातृभूमीको न्यानो अंगालोमा भातृ-प्रेम अनुभुत गर्न अाइ पुगेका छौं । मातृभूमीको आँगनमा हुने यो बृहद जमघट र सम्मेलन प्रतिको कर्तव्य वोधले हामीलाई निकै नै गौरवान्वित तुल्याएको मैले महसुस गरेको छु । सम्मेलनको तिथी, १४-१७ अक्टोबर, नजिकिंदै गर्दा म यहाँंहरु सबैमा स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु ।

आदरणीय दिदी, बहिनी तथा दाजु भाईहरु

हामीहरु गैह्र आवासीय नेपाली संघको २०१५-१७ अवधिका लागी नेत्रित्व चयनको संघारमा उभिएका छौँ । यस अवसरमा मैले पनि यहाँँहरु समक्ष ”युरोप उप-संयोजक” पदमा आफ्नो उमेदवारी घोषणा गरेको छु । आशा एवं विश्वास लिएको छु कि- सदा झैँ यस पटक पनि यहाँँहरुको सहयोग, समर्थन र सदभाव स्वरुप उक्त पदमा मलाई विजयी गराएर सेवा गर्ने मौका प्रदान गर्नु हुनेछ । गैह्र आवासीय नेपाली संघ र यसका सदस्य महानुभावहरुको बिचमा रहेर अत्यन्त जिम्मेवारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेछु भनेर पुन: यहाँँहरु समक्ष प्रण गर्न चाहन्छु । मैले आफ्नो उमेदवारीलाई मुलत: निम्न भूमिकामा रहेर कृयाशिल हुने प्रतिवद्धता जाहेर गरेको छु-

  • NRNA को संस्थागत बिकास र बिस्तार गर्न  
  • नेपालमा NRNA को भवन निर्माण कार्य संपन्न गर्न
  • NRNA को सुचना विधिलाई संजालिकरण गर्न
  • स्वदेश तथा विदेशमा लगानी र रोजगारिका अवसरहरु प्रवर्धन गर्न
  • NRNA को समन्वयकारि भूमिकालाई परिणाममुखि बनाउन
  • विश्वमा छरिएर रहेका नेपालीहरुको हितलाई सुरक्षा प्रदान गर्न
  • गोरखा पेन्सन केशलाई निष्कर्शमा पुरयाउन
  • नेपालमा यातायात क्षेत्रको बिकासका लागि योगदान गर्न

विभिन्न क्षेत्रमा खारिएको मेरो अनुभवलाई मैले आफ्नो मातृभूमी र नेपाली समुदायको सतत् बिकाशका लागि अर्पण गर्ने लक्ष्य लिएको छु; यसबाट स्वदेशमा लगानी र रोजगारीका अवसरहरुमा बिस्तार हुने विश्वाश छ साथै सँधै निन्याउरो देखिने मातृभूमीको मुहारमा चमक भर्न पनि सघाउ पुग्नेछ । खासगरी वेलायतमा रहेर सूचना प्रविधी र यातायातको क्षेत्रमा मैले आर्जन गरेको अपार अनुभवलाई नेपालको सूचना प्रविधी र यातायात क्षेत्रको  सुधार र बिकासमा योगदान दिन पाउने समयको प्रतिक्षामा छु ।

राज्यको धन भनेकै त्यसको जनशक्ती हो । प्रमाणित भइसकेको छ कि नेपालको अर्थतन्त्रमा निरन्तर प्रवाहित भइरहेको बिप्रेषण (रेमिट्यान्स) वास्तवमा तिनै कर्मठ जनशक्तिको योगदान हो । यस क्षेत्रमा ब्याप्त समस्यालाई अबिलम्व संबोधन गर्दै जानुपर्छ भन्ने मेरो मान्यता रही आएको छ । मुलुकको आपुर्ती ब्यवस्थालाई सहज गराउन पनि गैह्र आवासीय नेपाली संघले प्रभावकारी समन्वय मिलाउन सक्ने देखिएको छ ।

आदरणीय दिदी, बहिनी तथा दाजु भाईहरु

म पुन: यहाँँहरु समक्ष विनम्र अनुरोध गर्न चाहन्छु की- ”युरोप उप-संयोजक” पदमा मलाई आफ्नो अमुल्य मत प्रदान गरेर सेवा गर्ने मौका उपलब्ध गराइ दिनुहुने नै छ भन्ने विश्वास लिएको छु ।

अन्तमा, विजया दशमीको यस पावन अवसरमा यहाँँहरु समक्ष हार्दिक शुभकामना टक्र्याउँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद ।

तपाईंँको,

थर्क सेन, ICCM 

फोन :   0044 7861 390696 / 0044 1252 683124 (UK) 00977 98084 30061 (Nep)

ईमेल :  DeputyCoordinator2015-17@gmail.com

वेव :    www.gurkhaschoolofmotoring.co.uk/NRNA     

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s