downloadभन्दाभन्दै यो दुर्गाती भोग्नु पर्यो
न भन्दै यो दुर्गाती लेख्नु पर्यो

नेपाल जलीरहेछ, यो मन पोलीरहेछ
दरवार बाहिर तरवार र बारुद
पर्खालभित्र निरोहरु-
ढोका खोलेर बाहिर जाँदैनन
भित्र बाँसुरि बजीरहेछ,

भबिष्य द्रष्टाहरु मरेर गए
झल्को तिनकै अाइरहेछ
नजान्नेले माझी हुँँ भन्यो, तर
डुँङा तलतल बगिरहेछ

जसको शक्ती उसकै भक्ती
भेंडाको गोठमा साँडेको रजाइँ
प्रजातन्त्र र मानवाधिकार त यस्तै रहेछ

शान्तिकामि अनशनमै मर्छन
बिखण्डनकारी र हत्यारा शहीद हुन्छन
कुटनितिग्य पनि यस्तै रहेछन
यही हो, मानवाधिकार भनिरहेछन
सोझा-साझाहरु घुन झैँ
तिनकै स्वार्थमा पिसीईरहेछन

चल्ला चोर्ने चिल माथि
घर भत्काउने तल बाँदर
भत्केको घर बनाउन नजान्ने
इन्जिनियरहरु कस्ता कस्ता
टुप्पोमा बसेर फेद काटने कालिदास
अगुवा पनि यिनै हुन रे
एक पछी अर्को हिँसा
एक पछी अर्को हिँसा !!!

Advertisements