अबोध बालकको प्रश्न – मेरो के दोष थियो ?

प्रजातन्त्रका ‘डन’हरुले अर्काको देशमा बिग्रह फैलाएर विश्व समुदायलाई दिएको सन्देश हो, यो तीन बर्षको अबोध बालक । ज्यान बचाउन हिँडेका शरणार्थिहरुको डुंगा छालले पल्टिएर यो अबोध बालकका ५ बर्षका दाजु र आमा पनि एक एक गरी समुद्रमा खसे र बालकको म्रित शरीरलाई समुन्द्रको छालले किनरामा फ्याँकिदियो । युद्धमा रमाइरहेका अघोशित ‘डन’हरुलाई यो पीडित बालकले ठुलो प्रश्न छाडेर गयो- मेरो के दोष थियो ???? आज विश्वनै स्तब्ध छ !
‘उनीहरु खेल्नको लागि मलाई ब्यूँझाउँथे । यो भन्दा राम्रो कुरा के हुन्थ्यो र ? सबै सकियो ।’
‘म मेरो परिवारको चिहानसँगै बसेर मेरो पीडा कम गर्न चाहन्छु’,- बालक एलानका बाबु अब्दुल्लाले भने । सबै म्रीतक शरणार्थिहरुको चिर शन्तिको कामना गर्दछु ।
समुद्रबाट उठाइदै गरेको एलनको तस्विर सिरिया शरणार्थीको दुर्दशाको बिम्ब बनेको छ । तस्विर देखेर आक्रोशित मानिसहरुले यूरोपेली सरकारको आलोचना गरेका छन् । यो बर्ष समुद्रमार्फत यूरोप छिर्न खोज्ने सयौं सिरियाली शरणार्थीको मृत्यु भइसकेको छ ।

फोटोमा देखिएका बालक तीन वर्षीय एलान भएको सञ्चारमाध्यमले जनाएका छन् । उनी पाँच वर्षीय दाजु जलिप, आमा रिहान र बुबा अब्दुल्लाह कुर्दीसँगै डुबेका थिए । तीन वर्षीय बालकका बुबा अब्दुल्लाह भने ज्यान बचाउन सफल भएका छन् ।

टर्कीको समाचार संस्था डोगनले समुद्रमा डुब्नेहरु सिरियाको कोबाने सहरका शरणार्थी भएको जनाएको छ । इस्लामिक स्टेटबाट बच्न उनीहरु गत वर्ष भागेर टर्की आएका थिए ।

04092015123356Turkey1-600x0
Image Kantipur

See also:

Syria is one of the most dangerous places in the world to be a child.

CHILDREN OF SYRIA

Dead Syrian child

Advertisements

2 Comments

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s