कैलालीको टीकापुरमा भएको राजनीतीक अपराधीकरणलाई सबैले एक मिनेट छातीमा हात राखेर आत्म आलोचना गरौं र भनौं कि आउने संबिधानले देशमा बिकास र स्थायित्वको ग्यारेण्टी गर्न सक्छ ? सक्दैन भने जनतालाई  भनिदिंदा हुन्छ अरु राम्रा विकल्पहरु बारे पनि सोचौं, यसका लागि समय अझै घर्कि सकेको छैन, परिस्थितिबाट पाठ सिकेर अघि बढने कोशिस हुन्छ भने जनता अझै समय दिन तयार छन, ढिलो भएको छैन  । होइन भने हतारोमा संघियताको निर्णय लिनु ठूलो पश्चाताप हुनेछ भबिष्यमा । यदि यस्तो भयो भने त्यसको संपूर्ण जिम्मेदारी  तिनै राजनितिक दलहरुले लिनु पर्छ । त्यतिवेला कोहि पनि केहि गर्न सक्ने अवस्थामा हूने छैन । हामिसॅग पछुतोमात्र बाॅकि रहनेछ । बेलैमा सोचौं ।

Advertisements