नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेका मुक्तकहरु उत्कृष्ट मनै छुने खालका छन । मलाई वहाँँका मुक्तकहरु मन पर्ने भएकोले वहाँँकै फेसबुक टाइमलाइनबाट साभार यी मुक्तकहरु –

     गणतन्त्रको श्रिपेच 

बिर्सिएर देशलाई आफ्नै स्वार्थको कुम्लो बोकेपछी

पापलाग्छ है नेताज्यू शहिदको रगतमा टेके पछी

गणतन्त्रको श्रिपेच शिरमा लाउनुको के अर्थ भो

गोडामा घरिघरि बन्द हडतालको नेल ठोकेपछी

भुकम्प

दङ्ग परेर महलमा बस्नेहरु कुरा गर्थे सँधै नसिबका

झोपडिमा बस्नेहरु भन्थे दुखि नै हुन् हाम्रा करिबका

धराप बन्यो घर जब बिनास लीला देखायो भुकम्पले

दुख पोख्ने आँसु त एउटै रहेछ आखिर धनि र गरिबका

…..

आँसु लिइ आँखा भरि आगो माथि नाच्न सिकायो

मान्छेले मान्छेलाई दुखको कसीमा जाँच्न सिकायो

अति पिडा दियो तर यौटा गुन लगायो भुकम्पले

पालै पाल भित्रको नेपालमा मिलेर बाँच्न सिकायो

…..

कालो बादल भित्र पनि चाँदिको घेरा देख्छ नेपालीले

बिनास पछिको विकासलाई काँधमा बोक्छ नेपालीले

बिर्सिएर हिजोको तिक्तता एक भै जुट्यौ भने

भूकम्पको चुनौतिलाई अवसरमा बदल्न सक्छ नेपालीले

जिन्दगी

तेरो मेरो भन्दै लडनेलाई त मुद्दा र जिकिर न हो जिन्दगी

जिउने कला जान्नेहरुलाई त मस्त फकिर न हो जिन्दगी

जन्म र मृत्यु बिचको अनिस्चित यात्रा नै रहेछ आखिर

थाहै हुन्न कहिले बिलाउँछ धुवाँको लकिर न हो जिन्दगी

ईश्वर

फूल प्रसाद हातमा लिएँ भगवान भक्ति गाढा लाग्यो

बाटा भरि अनाथ देख्दा पुजा पाठ नै आधा लाग्यो

प्रत्येक मुहार ईश्वर जस्तो सारा प्रसाद बाँडि दिएँ

फकिॅएँ घर त्यहिँ बाट मन्दिर मलाई टाढा लाग्यो।

लन्दन

सुन्दरि छिन अति सँसारलाईनै लोभ्याउँछिन लन्दनले

निष्ठुरि छिन घर परिवारलाईनै बिस्याॅउँछिन लन्दनले

पाउन्ड छाप्नु पछॅ भन्दै मान्छेलाई मसिन बनाएर

आराम गनॅ दिँदैन कसैलाई मात्र दौडाउँछिन लन्दनले

share rule
share rule

.

Advertisements