कृष्णराज खनाल
कृष्णराज खनाल

आमा, त्यो आएन
हो, बा त्यो आएन
त्यो अब आउँदैन होला
त्यो आउला र
उज्यालो छर्ला भनेर सबैले पत्यायौँ
तर त्यो त
कालरात्री बनेर छिर्यो हाम्रो मझेरीमा,
हाम्रा अभिलाषाहरु गल्र्याम्गुर्लुम ढल्यो
त्यसले अधर्मसित लड्न पनि सकेन
धर्मलाई पनि बोक्न सकेन
बन्धकै बन्धक बनेर सात वर्ष
जनताका आशालाइ तुसारापात गर्यो
हो, आमा अब त्यो आउँदैन होला ।
हो बा, त्यो अब आउँदेन होला ।
सपनामा पनि हामी त्यही देख्थ्यौँ,
त्यसैको कल्पना गथ्र्यौ,
समृद्ध जीवन देख्थ्यौँ,
त्यसैको त्यान्द्रोमा अल्झिरह्यौँ
नुन आउला,
बाटो आउला,
हामी हामीमा एकता ल्याउला
तर खै
त्यो अब टाढा भागिसक्यो
खै, अब त्यो आउँदैन होला ।
एक जुगमा दुइपटक आएको थियो
हाम्रा सपनाहरु,
हाम्रा जपनाहरु
त्यसले संवोधन गर्ला भन्ने लागेको थियो
तर तर भएन
त्यो आएन
इन्द्रेणी जस्तै पर पर भाग्दै गयो
खै के भनौँ
त्यो आउला जस्तो लागेन
त्यसले कर्णालीलाई काठमाडौँसँग जोड्ला,
जुम्लीको जीवनशैली परिवर्तन होला,
तपाईको मुहार चम्काउला भन्ने आशा थियो
त्यो तुहियो
त्यो तुहाइयो ।
आमा, म भन्न सक्दिन त्यो कहिले आउँछ
कसैले भन्न सकेन
त्यो कहिले आउँछ
तर आशा अझै्र मरेको छैन
कुनै दिन त्यो जहरिलो भएर पनि आउन सक्छ
हाम्रा सदियौदेखिका परम्परालाई
कुल्चिने बनाउन पनि सक्छ
समृद्ध त कसरी बनाउला र ?
खुट्टी देख्दै थाहा भयो
त्यो आउने अघिल्लो रात
त्यो ताण्डव नृत्य देखियो,
रणसंग्राम देखियो,
कुर्सीहरु तोडमरोड भए,
टेबलहरु भाँचिए,
माइक फुटे
धन्न टाउकाहरु फुटेनन्
त्यसैले हो आमा, त्यो नआउला
कथं आयो भने
त्यसले हाम्रो घाउमा मल्हम लगायो भने
धन्य भनौँला
अन्यथा आफ्नै कर्म यस्तो भनेर
धिक्कार गरौँला ।

 

कृष्णराज खनाल

वोस्टन, अमेरिका जनवरी २२, २०१५

Advertisements