दार्जिलिङ्को चौरास्तामा आदिकवी भानु भक्त आचार्य

दार्जिलिङ्को चौरास्तामा रहेको आदिकवी भानु भक्त आचार्यको यो पवित्र शालिक (आज उनको जन्म जयन्ती ): उनकै कविता 

घाँसी

भरजन्म घासँ तिर मन दिई 

धन कमायो 
नाम् केही रहोस् पछी भनि 
कुवा खनायो 
घाँशी दरिद्र घरको 
तर बुद्दी कस्तो 
म भानुभक्त धनी भैकन 
आज एस्तो 
मेरो इनार , न त सत्तल पाटी केही छन् 
जे चिज र धनहरु छन् 
घर भित्र नै छन् 
त्येस् घाँसी ले कसरी 
आज दियेछ अर्ती 
धिक्कर हो मकन 
बस्नु नराखी किर्ती ।

………………

कान्तिपुरी नगरी

चपला अवलाहरु एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिंड्न्या सखि लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।।१।।
यति छन् भनि गन्नु कहाँ धनियाँ । 
सुखी छन् मनमा बहुतै दुनियाँ
जनकी यसरी सुखकी सगरी
अलकापुरी कान्तिपुरी नगरी ।।२।।
कहिँ कालभरी गल्लि छ दिल्ली सरी ।
कहिँ भोट र लण्डन चीन सरी
लखनौ पटना मदरास सरी
अलकापुरी  कान्तिपुरी नगरी ।।३।।
तरवार कतार खुडाँ खुकुरी
पिस्तोल र वन्दुक सम्म भिरी ।
आतिसुर र वीर भरि नगरी
छ त कुन सरी कान्तिपुरी नगरी ।।४।।
रिस राग कपट छैन यहाँ
 तब धर्म कति छ कति छ यहाँ ।
पशुका पति छन् रखवारी गरी
 शिवकी पुरी कान्तिपुरी नगरी ।।५।।
Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s