भुकम्पले हल्लाएको परदेशि मन

मनभरि जन्मभूमिको उर्लिदो माया बोकेर कर्म भुमिमा बस्नुको पिडा असैह्य हुँदोरहेछ। सन्चार, भाषा र ग्लोबलाइजेशनले विश्वलाई एउटै गाँउमा परिणत गराएको भए पनि स्वदेशमा लागेको छाप नमेटिने रहेछ ।  प्रयाजसो कोहि न कोहिसङ् दिनहुु सम्पर्क नहुने होइन, तर  दुख सुखमा सँगै हुनुको भावना नै आर्को । मर्दा-पर्दा र चाडपर्वका ती कार्यक्रममा परिवारको जमघट जहिले पनि अभाव रहिरहने रहेछ ।

यहि भएर होला समाज चाहिएको । समाजलाइ पूर्णाकार दीने काम भाषा, सँस्क्रिति र बंशले गर्ने रहेछ, जुनकुरा विदेशमा आफुले खोजे जस्तो नहुने । त्यसैले बस्ने र बस्न दीने दुवैले एक अर्कालाइ पराई ठानिरहने । जवसम्म स्वामित्व ग्रहण गर्न सक्ने अवस्था आउदैन तव तबसम्म कुनै पनि समाज उसका लागि आफ्नो हुन सक्तैन । त्यसैले मानिसहरुको आवत जावत भन्दा पनि तिनिहरुको बिचमा अपनत्वको भावना पैदा गर्न सक्नु ठूलो कुरा रहेछ ।

नेपालिजनहरुको अब त केहि हुन्छ कि भनेर झुल्के घाम पर्खि बसेको आसै-आसमा कहिले हिम्साको राजनितिले त कहिले प्रक्रितिले लासै लासहरू मात्र दिइरह्यो । धेरै टुहुरा भए, अङ्भङ भए, कतिको सिन्दुर् पुछियो, बिदुर भए, विधुवा भए ।  सुन्नै यति कठिन छ, भोग्नेलाइ कति कठिन भएको होला ! यस्तो त शत्रुलाइ पनि नपरोस।

_82573736_82573735यतिखेर नेपालमा दुख सिबाय केहि बचेको छैन, र पनि त्यहि ठाउँ नै प्यारो लागि रहेछ । घटिया राजनितिले आजसम्म सम्विधान दिन सकिरहेको छैन । हिम्साको चपेटाबाट भर्खर भर्खर मात्र त्राण मिल्दै थियो। प्रक्रितिको अर्को विपत्ति महाभुकम्प भएर आइलाग्यो I गत बैशाख  १२ गते शनिवार तदनुसार आप्रिल २०१५ का दिन बिहान ७ .८ रेक्टर स्केलको भुकम्पले मेरो देशको धरहरालाई जमिनमा ढालिदियो, बसन्तपुर र भक्तपुरका दरवार स्क्वायरमा नराम्रो क्षति पुग्यो । ८,९४७ को ज्यान गयो भने २३, ४४७ घाइते हुन पुगे । सयुक्त राष्ट्र सँघका आनुसार ८ लाख मानिसहरु प्रत्येक्ष प्रभावित भएका छन । स-साना नानिहरु हप्तौ बाहिर चौरमा रात विताउनु पर्ने अवस्था आउनु दुखद थियो । प्रत्येक दिन भुकम्प पछिको धक्का आइरहनु त्रासदि थियो । यस्तो वेलामा आफु परिवारसङ् नभएर एकलै बिदेशिनु पर्दाको पीडा निकै कष्टकर हुन पुग्यो ।

फेरि अर्को भुकम्प गयो ७.३ रेक्टर स्केलको, मे १२, २०१५ का दिन । म घरमा छुट्टीमा  थिए । नेपाल फोन गर्न थाले । भाइवर अनलाइन हेरे, छोरि श्रष्टाको अनलाइन रहेछ । त्यसैमा डाएल गरे। हेल्लो मात्र के भनेको थिए उताबाट छोरिले सान्दाजु सन्चै हुनुहुन्छ भन्दै दौडीरहेको आवज आयो। मैले सोधे- छोरि के भो – हामि त फेरि ठुलो भुकम्प आएकोले बाहिर जान दकुर्दै छौ। बिचरा ती साना नानिहरुले पाएको दु:ख सम्झिदा सारै नरमाइलो लागिरहयो । म चहान्थे तिनिहरुको सेवामा तिनिहरुसङै वोरिपरि रहुँ …. ममतामयि बुढी आमा कसरि पटक-पटक बाहिर दौडीनु भयो होला …

माओवादी हिम्साको लामो रापले खरानि भएको नेपालमा जे जति थियो  त्यो पनि प्रक्रितिले खोसेर लगिदियो। अब फेरि बाढी पहिरो लाइन लागेर जान थालेका छन, बिनाशै बिनास ।  दैव पनि यिनै दीनदुखी माथि कति खनिएको …. ब्यवस्थापन गर्ने राजनिति भने यहि मौका पारेर सम्बिधानको कटमेरो बेलौँति टोक्न खोज्दैछ। आओस सम्बिधान, बनोस देश; तर पीडैपीडाले थिचिएका निरिह जनताले थप दुखाउन नपाउन, एकता बलियो होस तर ए – कता नहोस ।

भुकम्प पछिको नेपाल : यस्तो लाग्छ

भु – कम्प (भुमिसंधै कम्पन भयो)

धर – हरा (धरहरा हरायो)

ने – पाल (पालै पाल भयो)

का – नून (कानून मिचेर नून/घुसको आडमा बनाइएका घरहरु नै धराप)

सम्वि – धान (सम्विधान होइन धान खोज्नु पर्ने भो)

दे – श (देश अब शेष  मात्र बाकि रह्यो) …

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s