भेटिन्नन कतै सपना सिवाय

मानिसको भिडमा मानिस खोज्ने म,

मन्दिरै मन्दिरको देशमा देवता खोजिरहेछु

दुनियामा न्याय खोज्दा-खोज्दा तिर्खाएर

अपार जलश्रोतसंग पानिको बुँद मागीरहेछु।

म अपहरणकारी खोजिरहेछु

देवताले मानिसलाई, वा मानिसले देवतालाई

कसले कसलाई अपहरण गर्यो?

आज भेटिन्नन कतै सपना सिवाय

ठिङ्ग उभिएको दुई खुट्टे, त्यो मानिस होइन

मन्दिरमा सजाइएको शालिक, देवता होइन

कामदारले तलव थाप्ने  ठाउँ, अदालत होइन

भेटिन्छ मुर्ती- धर्ममा चिरिएको

भेटिन्छ मानिस- पैसामा बिकेको;

न्यायको बहसमा, घुष सुघीरहेको

म निरन्तर खोजिरहेछु-

भिडबाट मानिस र मन्दिरबाट देवता बेपत्ता भएपछि

न्याय गर्ने मानिस र न्याय दिलाउने देवता नै हराएपछि

मानिस बन्न खोज्नेहरुको सार नै बेकार भयो;

मानिस बन्न खोज्नेहरुको सार नै बेकार भयो .

CClicence

12/06/2015

Migrating workers from Nepal...epa03993159 A Nepalese domestic w

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s