सदा झैँ यस बर्ष पनि तमुँ धिँ को आयोजनामा वेलायतमा नेपाली मेला आयोजना हुँदैछ । कार्यक्रममा प्राय सबै जात जातिको नेपाली भेष भुषा, झाँकि, बाजागाजा र संस्कृती झल्कने परिकार्, भाँडाकुँडा र सरसामागृहरु प्रदर्शन गरिने छ । बिभिन्न ठाउँमा बसोवास गरी आएका नेपालिहरुको अपार सहभागिता रहने उक्त कार्यक्रम यस बर्ष अगष्टको ३० तारिख आइतवारका दिन केम्पशट पार्कमा आयोजना गरिँदैछ । कार्यक्रम सन २००९ देखि संचालन हुँदै आएको हो ।

प्रवासमा समेत नेपाली कला, संस्कृति, भेष भुषा, रहनसहन र परम्परालाइ स्मरण गराउने एकमात्र उक्त मेलामा विभिन्न जातीय एवं सामाजिक संघसंस्थाको प्रतिनिधित्व रहने निश्चित भएको कुरा तमुधिं यूकेले जनाएको छ ।

127 [Tamu Lhochar 2014]मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्थाको झांकी प्रदर्शन, कल्चरल डान्स प्रतियोगिता, ड्रयागन नाच, पञ्चे बाजा, कन्सर्ट-नृत्य, डान्स, कला प्रदर्शनी, खाना स्टल, च्यारिटी स्टल, आकर्षक पुरस्कारसहितको राफल ड्र आदि छन् । मेला गुरुङजातिको समाज तमुधिले गर्ने भएपनि बेलायतवासी समस्त नेपालीको मेलाका रुपमा आकर्षित हुदै आएकोछ । यो कार्यक्रम तमुधिको आयोजना हुने गोरखा कप पछिको ठुलो मानिन्छ । स्मरण रहोस गोरखा कप सन २००२ देखी आयोजन गरिंदै आएको छ। यो बर्ष उक्त कार्यक्रम २४ मे आइतवारका दिन अल्डर्शटमा आयोजन गरिएको थियो ।

सबै नेपालीहरुलाई कार्यक्रममा सदा झैँ यस बर्ष पनि सहभागी भै शोभा बढाइ दिन हुन तमुधिं यूके हार्दिक आमन्त्रण गर्दछ।

Advertisements