वेलायतमा बस्ने नेपालिहरुका लागी प्रत्यक बर्ष आयोजना गरिने महान पर्व, अर्थात गोरखा कप।

वेलायत भरिबाट सकेसम्म अधिकांश नेपालीहरु गोरखा कप कार्यक्रम हेर्न वा सहभागी हुन आइपुग्छन। नेपाली संस्कृत झल्कने नाच गान लगायत बिषेश गरी बिभिन्न समुहका नेपालिहरु बिच फूटबलको प्रतियोगिता हुने गर्दछ। सन २००२ देखी नेपालिहरुली यो कार्यक्रम आयोजन गर्दै आएकाछन। यो बर्ष उक्त कार्यक्रम २४ मे आइतवारका दिन अल्डर्शटमा आयोजन गरिँदैछ।

Capture
शंकर गुरुंग

कार्यक्रमको उद्ध्येश्यका बारेमा सोध्दा बेजिङ्ग्स्टोक, पप्ली निवासी शंकर गुरुंग भन्नुहुन्छ- ”आर्थिक हिसाबले भन्दा पनि सबै नेपालीहरुलाई एकै ठाउमा भेला गराउने, दुख सुख आदान प्रदान गर्ने र नेपालि परम्परा र संस्कारलाइ प्रवर्धन गर्दै लैजाने उद्धेश्यले आयोजना हुँदै आएको हो” भरपुर मात्रमा मनोरन्जनर आर्जना गर्न सकिने उक्त कार्यक्रम आर्थिक हिसाबले भने निकै खर्चिलो हुने गरेको कुरा आयोजकहरु बताउँछन। हेल्थ एण्ड सेफ्टि, सुरक्षा, यातायातका करणले गर्दा यसरि खर्चिलो हुन गएको हो। प्राय: सँधैजसो घाटामा वा “ब्रेक इभन्” मा जने गरेको कुरा आयोजकहरुको दाविछ। जे जती सकलन हुन्छ त्यो पनि बिभिन्न सामाजिक कार्यमा खर्च गर्ने गरिएको छ ।

तर जे होस यो कार्यक्रमले बर्षमा एक पल्ट सबै नेपालिहरुलाई एकै ठाउँमा भेला गर्ने मौका दिएकोछ।

Advertisements