भुकम्पका प्रायः सबै मुख्य समाचारहरु एकै ठाउँमा

भुकम्प संबन्धि आज छापिएका प्रमुख समाचार आँफु पनि पढौँ र जानकारि लिन चहानेहरुको सुबिधाका लागि एकै ठाउँमा उपल्ब्ध होस भनेर प्रायः अधिकांश समाचार र तिनको श्रोतहरु


नेपालमा फेरि आज पनि देलखा केन्द्र गरि ७.३ को भुकम्प गयो। हालसम्म फेरि ५० जनाभन्दा धेरैले ज्यान गुमाएका छन भने हजारौँ घाइते भ​एका छन्। दुःख पनि कति कति, फेरी प्रकृतिको यो बज्रपात। सोझा नेपालि जनतामाथि पटक पटक यति धेरै असैह्य वेदनाको बज्रपात!!! यो शब्द बिहिन अवस्थामा ब्यक्त गर्न सकिने शब्द भनेको छिटो परिस्थि शान्त होस, घाइतेहरुको राम्रो उपचार होस, परिवार गुमाएकाहरुलाई सहन सक्ने क्षमता मिलोस, हामि सबै जो जसले जहाँ जे गर्न सकिन्छ एक भएर विपत्तिको सामना गर्न सकियोस,

जसलाई हामीले सदाका लागि गुमाउनु पर्यो वहाँहरु सबैको चीर शान्तिको कामना सहित प्रार्थना गर्दछु

अमेरिकी हेलिकोप्टर दोलखाबाट बेपत्ता

काठमाडौं‌: नेपालका भूकम्पीडितका लागि अमेरिकी संस्था डाइरेक्टरिफिलले पहल गरेर औषधी एवं मेडिकल इक्विप्मेन्ट ल्‍याएका छन्।  महानायक राजेशको पहलमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको ६० टन सामान फेडएक्सको जहाजमार्फत नेपाल ल्याइएको हो। नेपालको सामाजिक संस्था पोसिबलको संयोजनमा आएको सामाग्री शनिबार र आइतबार गरी दुई उडानबाट ल्याइएका हुन। नेपालका भूकम्‍पपीडितका लागि आएको औषधी एवं मेडिकल इक्विप्मेन्ट बुझ्न महानायक हमाल सोमबार साँझ  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।  राहत लिएर डाइरेक्टरिफिलका अध्‍यक्ष तथा सिइओ थोमस तिघे समेत नेपाल आएका छन्। दुवै उडानको भाडा लगभग साडे सात करोड रूपैयाँ नेपालका भूकम्पीडितका लागि फेडएक्सले नि:शुल्क गरिदिएको पोसिबलका एसपी कलौनीले जानकारी दिएका छन। अन्नपूर्ण 

राजेश हमालको पहलमा डेढ अर्बको राहत भित्रियो

काठमाडौं : मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पपछि घाइते भएकाहरुलार्इ लिन दोलखा गएको अमेरिकी ओस्प्रे हेलिकोप्टर बेप्त्ता भएको छ ।

भूकम्पपीडितलार्इ लिन दुर्इ अमेरिकी र एक नेपालीसहित काठमाडौंबाट उडेको हेलिकोप्टर दोलखाको सुनखानी क्षेत्रको आकाशबाट बेपत्ता भएको त्रिभुवन विमानस्थल श्रोतले जानकारी दिएको छ ।

मंगलबारको भूकम्पले ३३ जना बढीको ज्यान लिएको दोलखामा घाइतेहरुलार्इ लिन गएको यूएनएच-१-हुवे जहाज मंगलबार दिउँसोबाटै बेपत्ता भएको हो । अन्नपूर्ण

पुनर्निर्माणसँगै नयाँ संविधान : बाबुराम

दोलखा : एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाएर पुनर्निर्माणसँगै अब संविधान लेखनमा जुट्नुपर्ने बताएका छन् ।

भूकम्पको क्षतिबारे बुझ्न दोलखा पुगेका नेता भट्टराईले भने, ‘अब सबै मिलेर भूकम्पबाट ध्वस्त पुनर्निर्माणमा जुट्नुपर्छ। राष्ट्रिय सहमतिको सरकार बनाएर पुनर्निर्माणलाई अभियानका रुपमा अघि बढाउनुपर्छ।’ उनले राष्ट्रिय सहमतिको सरकारले संविधान बन्ने वातावरण पनि बनाउने विश्वास व्यक्त गरे। अन्नपूर्ण

 ===

पहिलो पटक गोरखा केन्द्र भएर गएको भुकम्प दोश्रो पटक सोमबार बाबुराम भट्टराई दोलखा गएर ”पुनर्निर्माणसँगै नयाँ संविधान” र ”राष्ट्रिय सहमतिको सरकार” (http://bit.ly/1F5BwJN) भनेको लगत्तै भोलिपल्ट मगलबार दोलखा केन्द्र भएर भुकम्प जानु कस्तो नियति होला, कोहि ज्योतिषेहरुले बताइ दिन्थेकि !!! Facebook

===

देशमा भुकम्प गैरहेको छ, कसैलाई राष्ट्रिय सरकार गठन गरेर ”भिजनरी” प्रधानमन्त्रि हुने हतारो छ, भिजनरिहरुले भिखारी बनाएको नेपाललाइ प्रकृतिले कंगाल बनाउने भयो ! राहतको कुरा गर, अल्पकालिन र दिर्घकालिन राहत र पुनर्निर्माणको योजना बनाओ, यदि योजनाले सरकारको संरचना फेर्नु पर्ने देखायो भने सबै मिलेर फेर, तर जनतालाई राहत देउ. केन्द्रमा सरकार बनाए पनि स्थानिय सरकार छैन, अवस्था चानचुन छैन ! Facebook

====

राम्रो काम गर्नेले सरकारको मुख ताक्नु पर्दैन। आर्मी र प्रहरीले गरेको काम हेर्नु नि!आर्मी र प्रहरीलाई ढुङ्गा हान्ने, जनतालाइ बन्द गरेर सास्ति दिने तिनका गोठालाहरुलाई राहत र पुननिर्माणको काम गर्न कसले रोकेको छ? प्रत्यकले एक दिनको श्रमदान गर्ने हो भने के गर्न सकिन्न! भक्तपुर हेर्नु नि! कसैले पनि राष्ट्रिय स्तरमा यस्तो कार्यक्रम सन्चालन गर्छ भने त्यसलाई जनताले नै प्रधानमन्त्रि बनाउ भन्छ्न। अनि सरकारले पनि राहतको कार्यक्रमलाई पद जोगाउने हतियारको रुपमा लिनुहुन्न। सरकारि सन्यन्त्र त्यसै अलमलमा परेकोछ। शोकमा राजनिति कसैले नगरोस। Facebook

१९९० सालको महाभूकम्पको बयान

 काठमाडौ, वैशाख २८ – केही दिनअगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाहीधोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका  थिए ।

बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो । तैपनि, आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो ।  पल्टन कवाज खेलिरहेका थिए ।

ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो- २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको  वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले  जमिन छोला-छोलाजस्तो भयो । Ekantipur 

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो

महाभूकम्पले देश शोकमा डुबेका बेला मोदी सरकारले राहत वितरणको नाममा मिडियावाजी गरेको र आर्मीहरुलाई सिमा क्षेत्रभित्र गस्ती गर्न लगाइएको प्रति विरोध गर्दै पुत्ला दहन गरेको विद्यार्थी हरि नेपालले बताए। उनले भारतले जति राहत दिन्छु भनेको थियो त्योसमेत नदिई प्रोपोगाण्डामात्रै गर्न खोजेकाले त्यसको विरोधमा विद्यार्थीहरु उत्रिएको हुन्।  Setopati 

दु: बिसाउने ठाउँ पनि भएन :  भूकम्पपीडितको रोदन

सिन्धुली : भूकम्पबाट घाइते कपिलाकोट गाविस २ का चन्द्रबहादुर आछामीको घर भत्कँदा शरीरभरि लागेको घाउमा खाटा बसिसकेको छैन। क्षणभरमै सारा खुसी लुटेको महभूकम्पको अत्यास मनबाट अझै हटिसकेको छैन।

बिहानबेलुका दु:ख गरेर ल्याएको एक मानो पकाएर खाने र रात काट्ने झुप्रो घर एक झड्कामै गल्र्यामगुर्लुम ढल्दाको कहालीलाग्दो दृश्यले अहिले पनि झस्कन्छन् उनी। मन समाल्छन्। पटकपटक भत्केको घरका काठपात पन्छाउँछन्।

घरी घर र घडेरीमै टोलाउँछन्। घरी शरीरमा लागेको चोटमा मलम लगाउँछन्। पुरिएका सबै सामान निकाल्ने र घरको ढुंगामाटो पन्छाउनु उनका लागि दिनचर्याजस्तै बनेको छ। Annapurnapost

दाताले सहयोग आउने रकम समेत दिन्नन्

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दातृ निकायको तर्फबाट रकम जम्मा नभईरहेको अबस्थामा अर्थविदहरुले उनीहरुबाट सोचेजति सहयोग नआउने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको भुकम्पपछि आर्थिक विकासका लागि लिनुपर्ने रणनीति बिषयक अन्तरक्रिया कार्यक्रममा अर्थविदहरुले सोचेजति रकम नआउने बताएका हुन् । ‘

सहयोग आउने रकम समेत दातृ निकायलाई खर्च दिन नहुने उनको तर्क थियो । ‘दाताहरुले सरकारलाई जानकारी नदिई गर्ने खर्चको लेखाजोखा नहुने । तर बजारमा पैसा पुग्ने भएकोले नजानिदो गरि मुल्य बृद्धि भईरहेको हुन्छ,’ उनले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले पनि दातृ निकायले पुन बाँडफाँड गरेर नियमित बजेटबाटै सहायता देखाउने बताए । ‘यस्तो अवस्थामा सरकारले राजश्वको दायरा बढाउन पनि सकदैन,’ उनले भने, ‘भुकम्पले पर्यटन, वित्तिय, उद्योग लगायत सबै क्षेत्रमा प्रभाब पारेको छ । यस्तो अबस्थामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकषिर्त गर्ने नीति सरकारले लिनु पर्छ ।’ setopati 

विपत्तिका बेला विदेशी सहयोग आवश्यक भए पनि राष्ट्रिय स्वाभिमान आत्मसम्मानमा आघात पर्ने गरी हात थाप्न हुन्न

Prithvinarayanshahसत्तापक्ष र प्रतिपक्षी सांसदहरूले भूकम्प पीडितको राहत, पुन:स्थापना र पुनर्निर्माणका लागि सरकारी कोषमा रकम जम्मा गर्न अनिच्छुक मित्रराष्ट्र र दातृ निकायको सहयोग अस्वीकार गर्न सरकारलाई दबाब दिएका छन् ।

विनाशकारी भूकम्पले सिर्जना गरेको राष्ट्रिय विपत्ति सामना गर्न संसदमा ल्याइएको संकल्प प्रस्तावमाथि सोमबारको छलफलमा भाग लिने सांसदहरूले पीडितको पुन:स्थापना र पुनर्निर्माण गर्न राष्ट्रिय प्राथकिमताका आधारमा एकद्वार प्रणालीबाट मात्रै विदेशी सहायता स्वीकार गर्नुपर्ने धारणा राखेका हुन् ।

मित्रराष्ट्र र दातृ निकायले ठूलो परिणामको सहयोग घोषणा गरे पनि नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ज्यादै न्यून रकम मात्र जम्मा भएका बेला सांसदहरूले आफूखुसी खर्च गर्न चाहने विदेशीको सहयोग अस्वीकार गर्न सरकारलाई आग्रह गरेका हुन् । विपत्तिका बेला विदेशी सहयोग आवश्यक भए पनि राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा आघात पर्ने गरी विदेशीसँग हात थाप्न नहुने सांसदहरूको समान धारणा छ । eKantipur

राष्ट्रिय सरकारको नेतृत्व गर्न ओलीको पहल

 काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गरेर आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल तीव्र पारेका छन्। ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न उनको निवास लाजिम्पाट पठाएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

स्रोतका अनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै पार्टीका सभापति कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल बढाएको थाहा पाएपछि ओलीले पनि पहल तीव्र पारेका हुन्।

@ Setopati 

भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई

सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया सुरु गरेको छ । भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई दिइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा भवनहरू भत्काइने छ । भत्काउनुपर्ने भवनहरूको विवरण जिल्लामा संकलन गरी त्यसले तयार गरेको सूचीको आधारमा भवन भत्काइने छ । भत्काउनुपर्ने भवनहरूको विवरण सर्वसाधारणले जिल्ला विपत् व्यवस्थापन समितिमा दिनसक्छन् । @setopati 

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.