आज वेलायतको ससदिय चुनाव : परीणाम भोलीसम्म

वेलायतको ससदिय चुनाव आज केही छिन अगाडि सकिएकोछ । प्रष्ट बहुमत कसैको आउने देखिएको छैन । ६५० सिट्का लागी भएको चुनाव्मा बहुमतका लागी ३२६ सिट आवस्यका हुन्छ । प्रतिक्षाको घडी अब धेरै छैन । अन्य कुराहरु समान रहेमा, आज रातीसम्म निर्वाचना परिणाम आउनेछ ।

२०१०मा भएको चुनावमा कन्जरभेटीव पार्टिले ३०२ सिट ल्याएर सबैभन्दा ठुलो पार्टी हुन पुगेको थियो। दोश्रोमा लेबोर पार्टिले २५६ सिट ल्याएको थियो। यसरी ठुलो पार्टिको नाताले कन्जरभेटीव पार्टिले तेश्रो स्थानमा रहेको लिबरल डेमोक्राटिक पार्टिको ५६ सिट लिएर मिलिजुली सरकार बनाए। प्रधानमन्त्री कन्जरभेटीव पार्टिका डेभिड क्यामरुन थिए भने उप-प्रधानमन्त्री लिबरल डेमोक्राटिक पार्टिका निग क्लेग भए। यस पटक पनि वास्तवमा कुनै पार्टिले जनताको विस्वास आर्जन गर्न सकेका छैनन । अहिलेसम्म गरिएका बिभिन्न सर्वेहरुले ३०-३५ प्रतिशत्को हाराहारिमा ठुला दलहरु अडकिएकाछन ।

प्रष्ट बहुमत कसैको आउने देखिएको छैन ।

image : https://jesiwagle.wordpress.com/
image : https://jesiwagle.wordpress.com/

लेबोर पार्टिले विश्वविद्ध्यालयको ट्युशन फी कम गर्ने, एन एच एस (राष्ट्रिय स्वास्थ्य सेवा)मा लगानी बढाउने र न्युनतम ज्याल दर बढाउने भनेकोछ भने टोरि (कन्जरभेटिभ) पार्टिले चाही बिगतको खर्च कटौतिको योजना सफल भएकोले त्यसैको निरन्तरताको लागी भोट मागेको छ । खस्रो भाषामा भन्नु पर्दा कम आय भएको समुह र विद्यार्थीहरु लेबोर तिर देखिएका छन भने उच्च आय भएका र ब्यापारिहरु टोरिको समर्थनमा देखिएको बुझिन्छ। यसपटक यस एन पि पार्टी तेश्रो ठुलो दल भएर स्कटल्यण्डबाट प्रतिनिधित्व गर्दैछ भने पहिलेको तेश्रो लिबरल डेमोक्राटिक पार्टिले झन्डै ४० सिट गुमाउने देखिएको छ.

दुई पार्टी वेष्टमीनिस्टर प्रणाली भनेर चिनिएको वेलायतको संसदिय ब्यवस्था पटक पटक अल्पमतको सरकार हुनु प्रजातन्त्रको विश्वासमाथी कालो बादल मडारिएको महसुस गर्नेहरु कम छैनन। यो पटक तिनवटा पार्टीहरु मिल्नु पर्ने अवस्था देखिएकोछ ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s