♦ नेपालमा हालै एक घण्टा अघिमात्रै फेरी भूकम्पको महसुस गरिएको खबर छl महाभूकम्पमा आइतवार बिहानसम्ममा देशभर ९३ पटक भुकम्पको झट्का महशुष गरीएको छ भने मर्नेको सँख्या १ हजार ८ सय नाघेको छ। घाईते हुनेको सँख्या ४७ सय भन्दा बढी रहेको बताइएको छ। दुर्गमवाट भने यकिन तथ्याकं आइपुगेको छैन।

♦ शनिबार ११:५६ मा गोर्खालाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टरको भूकम्प गएको,  त्यसपछि लगातार गोर्खा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियोl

♦ नेपाल ‘मेन हिमालयन थ्रस्ट’ अन्र्तगत पर्छ । यो थ्रस्टकै कारण नेपाल संधै भूकम्पिय जोखिममा परेको हो । यसले हिमालय क्षेत्रमा ठुल्ठुला भूकम्प ल्याउने गर्छ ।

♦ इन्डोनेसियामा एक अन्तर्राष्ट्रिय सम्मेलनका लागि पुगेका प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कन सकेनन्। स्वदेश फर्केका प्रधानमन्त्री बैंककमा रोकिएका छन् । भुकम्प गएपछि बन्द भएको काठमाडौंस्थित त्रिभुवन विमानस्थल सुरु भएको समाचार छ ।

सहयोग

♦ सकटकालिन अवस्था घोषणा गर्दै नेपाल सरकारले आज गएको विनाशकारी भूकम्पबाट देशका विभिन्न भागमा व्यापक जनधनको क्षति भएको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग आग्रह मानवीय सहायताका निम्ति अनुरोध गरेको छ।

♦ नेपाल सरकारले तत्कालका लागि रु ५० करोड सहयोग रकम निकासा गरेकोछ, सबै उपचार खर्च  सरकारले व्यहोर्ने जनाएकोछ ,

♦ महाभुकुम्पले पुर्‍याएको विपतमा राज्यका नियकासंगै आफ्ना कार्यकर्ताहरुलाई उद्धार तथा राहतका लागि खट्न सवै राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

♦ एनआरएन अध्यक्ष शेष घलेद्धारा नेपालमा आएको भुकम्पमा परेकालाई उद्धारा र सहयोगका लागि २ करोड दिने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष भवन भट्टले पनि १ करोड उपलब्ध गराउने बताएका छन्।

♦ भारतीय वायुसेनाको उद्धारसामाग्री सहित उडेको भारतीय वायुसेनाको प्लेन उद्धार सामाग्रीसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

♦ यसैबीच चीनले आइतबार करिब ६५ जना तालिमप्राप्त उद्वार टोली र अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहितको विशेष विमान पठाउने भएको छ। चीनले जस्तोसुकै सहयोगका लागि तयार भएको जनाएको छ।

♦ अमेरिकाले नेपालको महाभुकम्पमा परेकाहरुका लागि तत्काल उद्धार र राहतका लागि एक मिलियन डलर अर्थात करिब १० करोड रुपैयाँ सहयोग घोषणा गरेको छ। सहयोग पुर्‍याउन अमेरिकास्थित भर्जिनियामा रहेको फेयरक्याक्स काउन्टीको ६० जना भोलेन्टीयर उद्धारटोली नेपाल जाने भएको छ।

♦ ११ दिन पछि हुन गैरहेको चुनावमा अति व्यस्त ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुनले टुइट गर्दै युकेले सकेजती सबैखालको सहयोग गर्न तयार रहेको बताएका छन्।

♦ भुकम्पमा परेकालाई उद्धार र सहयोगका लागि आइतबार एयरक्राफ्ट मार्फत पाकिस्तानले ३० वटा अस्पतालको वेड लगायत उद्धारटोली उद्धार र सामाग्रीहरु पठाउने

 ♦ विनासकारी भुकम्पबाट पीडितको राहत र उद्धार कार्यका लागि नर्वेले ३० मिलियन क्रोनर (झन्डै ४० करोड रूपैयाँ) पहिलो चरणमा तत्काल उपलब्ध गराउने भएको छ।

♦ उद्धार कार्यमा मानिसहरु स्वस्फुर्त सहयोग गरिरहेका छन,  बिद्ध्यालयहरु पांच  दिन बन्द घोषणा गरिएकोछ

♦ नेपालमा गएको भुकम्पवाट आफन्तलाई आफू सुरक्षीत रहेको जानकारी गराउन फेसवुकले ‘आइएम सेफ’ को पहल गरेको छ। आफ्नो सम्पर्कमा रहेकाहले फेसवुकले सुरु गरेको आइएम सेफ मा क्ल्कि गरेपछि आफ्नो फेसबुकमा रहेका सबै साथीहरुलाई उक्त सन्देश जाने छ।

♦ भुकम्पमा परी सम्पर्क वाहिर रहेकोहरूलाई अथवा खोजि गरीरहेका परिवारका सदस्यहरुलाई खोज्न सहयोग पुग्नेगरी गुगलले पर्सन फाइन्डर जारी गरेको छ। गुगलले भारत र अमेरिकाको फोन नम्वरसहित सम्पर्क गर्न खोजीएको ब्यक्ति वा सम्पर्कमा आएको ब्यक्तिको जानकारी दिन वा लिन चाहेमा टेक्सटमार्फन जानकारी दिइने छ। भारतका लागि फोन नं +९१-९७७३३-००००० र अमेरिकाका लागि +१-६५० ८०० ३९७८ बाट हराएको ब्यक्तिको जानकारी दिन मिल्नेछ।

♦ पीडितका लागि सहयोग जुटाउन नागरिक दैनिकले हिमालयन बैंकमा (खाता नं ०१९०५६३१०३००१३) नागरिक महाभूकम्प राहत कोष खडा गरेको छ।

♦ नेपालमा रहेका अमेरीकी नागरीकहरुका लागि स्टेट डिपार्टमेन्टले खोजी र सहयोग चाहिएको खण्डमा सम्पर्क गर्न हाग्रह गरेको छ। भुकम्पवाट पिडित अमेरीकी नागरीकले १-८००-४०७-४७४७ मा सम्पर्क गर्न सक्नेछन् ।

घटना विबरण 

♦ भूईचालोको धक्का लगत्तै घाइतेहरु अस्पताल ल्याइन थालेका थिए । कसैलाई बाइकमा राखेर, कसैलाई बोकेर र कसैलाई प्रहरीको भ्यानमा राखेर मानिसहरु कुदाकुद गरिरहेका थिए । अस्पतालहरु पुरै भरिएर चौरभरि बिरामीहरु अलपत्र छनI

 ♦ भुकम्पबाट भक्तपुरमा २ सय जनाको मृत्यु भएको छ । मृत्यु भएको शव जिल्ला अस्पतालमा राखिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

♦ भुकम्पबाट ललितपुरमा १ सय ९ जनाको मृत्यु भएको छ । मृत्यु भएको शव पाटन अस्पतालमा राखिएको छ ।

♦ भूकम्पमा परेर निजामती अस्पतालमा उपचारका लागि ल्याइएका मध्ये पाँच जनाको निधन भएको छ ।

 ♦ ओम अस्पतालमामात्र भुकम्पबाट मर्नेहरुको ३ सय ८० शव राखिएको छ । कपन, चाबहिल, बौद्ध जोरपाटीमा मृत्यु भएकाहरुको शव त्यहाँ राखिएको छ ।

♦ महाभुकम्पको कारण नेपाली कांग्रेसका नेता चक्र ठकुरीको ज्यान गएको छ।

 ♦ भूकम्पका कारण ३६ जना भारतमा, १८ जना चीनमा (तिब्वेत), र ४ जना बंगलादेशमा मारिएको समाचार छl यसरि एउटा ठुलो एरिया प्रभावित भएको छI

♦ धरहरा, बसन्तपुर, भक्तपुर दरवार स्क्वायर पुरै उजाडिएकोछ

♦ सगरमाथा आरोहणमा गएका गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको मृत्यु भएको छ। भुकम्पवाट आएको हिम पहिरोका कारण उनको उनको शिरमा चोट लागेको थियो। नेपालमा आएको भुकम्पका कारण सगरमाथा आरोहणमा गएका अन्य कम्तीमा दशजनाको मृत्यु भएको बताइएको थियो।

♦ काभ्रेपलाञ्चोकमा भूकम्पका कारण घर भत्किदा विभिन्न गाविसमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ भने झण्डै १२० जना घाइते भएका छन् ।

♦ भुकम्पले रोल्पामा १ जनाको मृत्यु

♦ अधिकांश संचार सम्पर्क हुन सकिरहेको छैन

♦ लगातार आइरहेको भुकम्पको झट्काले काठमाडौँ झन तनावग्रस्त बनेको छ। उपत्यकाका खाली ठाउँहरू टुडिखेल, खुलामञ्च, अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र, नेपाल प्रज्ञाप्रतिष्ठान, रंगशाला, सानो गौचरण, सिफलचौर लगायत सडकमै मानिसहरू पाल टागेर र त्यतीकै खाली ठाउँमा अस्थायी रुपमा वसीरहेका छन्।

♦ विश्वका हिजो र आजका सबै ठुला संचार माध्यममा नेपालको यो अत्यास लादो समाचारले प्रमुख स्थान लिएकोछ

विनासकारी महाभुकम्पका केहि फोटाहरु 

विश्वका संचार माध्यममा नेपालको महाभूकम्प समाचार

http://edition.cnn.com/2015/04/25/asia/nepal-earthquake-7-5-magnitude/

http://www.bbc.co.uk/news/world-asia-32461019

http://www.telegraph.co.uk/news/worldnews/asia/nepal/11562782/Nepal-earthquake-live.html

http://www.theguardian.com/world/live/2015/apr/25/nepal-earthquake-nation-worst-tremor-80-years-kathmandu-live-updates

http://www.independent.co.uk/news/world/asia/nepal-earthquake-leaves-eight-everest-climbers-dead-and-unknown-number-missing-10203733.html

http://www.usatoday.com/story/news/world/2015/04/25/nepal-earthquake-things-to-know/26367507/

http://www.nbcnews.com/storyline/nepal-earthquake/nepal-earthquake-magnitude-7-9-tremor-hits-kathmandu-n348236

http://news.yahoo.com/nepal-earthquake-live-report-102559861.html

http://news.sky.com/story/1471939/massive-earthquake-in-nepal-kills-over-1300

 

 

Advertisements