लोगो चर्चा : अमेरिकामा हिलारि क्लिण्टन पहिलो महिला राष्ट्रपतिको उमेद्वार

छिमेकिका घर आँगनमा महिला हक अधिकारका कुरा गरेर अलि बढिनै चियाउने अमेरिकाले पहिलो पटक पुर्व राष्ट्रपति विल क्लिण्टनकि श्रीमति हिलारि क्लिण्टनलाई राष्ट्रपतिको उमेद्वारका रुपमा पाउने भ​एको छ। उनी डेमोक्र्याट पार्टिका तर्फबाट प्रतिस्पर्धामा आउनेछिन।

उता रिपब्लिकन पार्टिका तर्फबाट बाउ, छोरा हुँदै भाई जेव बुश तिब्र तयारिमा जुटेका छन। यस पार्टिका सम्भावित उमेद्वार मिट रम्निले आफु नउठने भनि सकेका छ्न किनभने आफु तेश्रो पल्टसमेत उठदा प्रतिस्पर्धामा पार्टिको उमेद्वारि कमजोर हुने कुरा जनाएका थिए। यस अघि उनी दुई पटक पराजित भैसकेका छन। पार्टिमा हुने आन्तरिक प्रतिस्पर्धाका लागि  फक्स न्युज​,पब्लिक पलिसि पोलिङ्ले गरेको प्रारम्भिक सर्वेक्षणमा अर्का सम्भावित उमेद्वार स्कट वाल्कर(Scott Walker) प्रारम्भिक सर्वेक्षणमा अगाडि देखिएका छ्न भने सी एन एन्, मोन्मथ युनिवर्सिटि र ए बि सि न्युजले जेव बुशलाई अगाढि देखाएका छन। बाबु जर्ज बुश र दाई जर्ज बुशको आशिर्वाद त ‘‘बुश’’लाइ नै रहने हुँदा ‘‘कान्छा बुश’’को पल्लाभारि पनि हुने देखिन्छ

_81794009_hillary_clinton_getty

विल क्लिण्टनलाई जतिवेला मोनिका लेविन्स्कि काण्डमा महाअभियोग लगाइँदै थियो त्यतिवेला हिलारि क्लिण्टनले बचाईन। आफ्ना पतिले आफुलाई धोका दिएको भ​ए पनि हिलारिको महानताले क्लिण्टन राष्ट्रपतिको पदमा पुरा कार्यकाल रहन पाए। यस अघिको आन्तरिक प्रतिस्पर्धामा हिलारि क्लिण्टन बाराक ओबामासंग पराजित भइन​, तर तिनै राष्ट्रपति बाराक ओबामाको बिदेश सेक्रेटरि भ​एर काम गरिन​। यसले उनलाई राज्यका धेरै कामहरु सिक्ने अवसर दिलायो, जबकि उनले प्रथम महिला भ​एर पनि धेरै सिक्ने मौका पाएकि थीइन​।

हुनतः मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले १८ अक्टोबर २००४ मा द स्टारलाई दिएको अन्तरवार्तामा ततकालिन अमेरिकी रास्ट्रपतीको चुनावमा जर्ज बुश नै निर्वाचित हुने कुराको बिश्लेशण गरेका थिए र भनेका थिए की ‘अमेरिकी जनताहरू विश्वबारे धेरै जान्दैनन तर पनि विश्वको शक्तिशाली मान्छेको छनौट गर्दछन’ भने जस्तै पनि हुन सक्छ। यसै पनि अमेरिकामा पारिवारिक राजनिति हावि हुँदै ग​एको प्रष्ट देखिएकोछ।

सन २०१६ को नोभेम्बर ८ तारिखका दिन अमेरिकी जनताले ४५औं राष्ट्रपति को हुने भनेर फैसला गरिदिने छ्न। अमेरिकी नेतृत्व बिश्वको शक्तिशाली राष्ट्र अमेरिकाको लागि मात्रै नभ​एर सम्पुर्ण विश्वकै लागि महत्वको हुनेछ।

विल क्लिण्टनलाई जतिवेला मोनिका लेविन्स्कि काण्डमा महाअभियोग लगाइँदै थियो त्यतिवेला हिलारि क्लिण्टनले बचाईन। आफ्ना पतिले आफुलाई धोका दिएको भ​ए पनि हिलारिको महानताले क्लिण्टन राष्ट्रपतिको पदमा पुरा कार्यकाल रहन पाए। यस अघिको आन्तरिक प्रतिस्पर्धामा हिलारि क्लिण्टन बाराक ओबामासंग पराजित भइन​, तर तिनै राष्ट्रपति बाराक ओबामाको बिदेश सेक्रेटरि भ​एर काम गरिन​। यसले उनलाई राज्यका धेरै कामहरु सिक्ने अवसर दिलायो, जबकि उनले प्रथम महिला भ​एर पनि धेरै सिक्ने मौका पाएकि थीइन​।

Everybody's talking about Hillary Clinton's new logo
Everybody’s talking about Hillary Clinton’s new logo

यसै बिच हिलारी क्लिण्टनले आकाशे रङको अङ्रेजि एच मा रातो तेर्शो एरो भ​एको अफ्नो एउटा लोगो निकालेकि छ्न​, जसले शहरमा निकै उत्सुकता ल्याएकोछ, चर्चा पाएको छ। निकै बिवादमा पनि छ। हिलारिले अमेरिकामा बढेको अत्यास लाग्दो आर्थिक असमानताको लागि रिपब्लिकन राष्ट्रपति जर्ज बुशलाई आरोप लागाउँदै भनेकि छ्न​- न्युनतम ज्याला दर बढाउनु, आर्थिक असमानता घटाउनु र महिला हित बारे काम गर्नु उनको पहिलो दायित्व रहनेछ।

एक दशकभन्दा लामो समय गुपचुप बसेकी मोनिका लेविन्स्कि अहिले चर्चामा छन र उनि भन्दैछिन कि- आफुले गरेको अर्घेलोभन्दा धेरै दोष थुपारियो। त्यो समाज र संचार जगतलाई खुलेर दोष दिएकि छ्न्। उनिमाथि प्रयोग भएका अपशब्दहरु (tramp, tart, slut, whore, bimbo) बाट उनि प्रताडित छिन तर ”गुप्त अन्तरक्रिया गर्दाखेरीको रुमाल नै देखाएर प्रमाण प्रस्तुत गरेकि” राष्ट्रपति क्लिण्टनलाई फसाउने मोनिकाको शुरुको नियति भने निर्दोष छैन। कतै मोनिकाको यो चर्चा तिनै हिलारी क्लिण्टनका विरुद्ध जाइ लाग्ने त होइन, हिलारी ले मोनिकाका खुसीका रातहरु अन्यत्र मोडिदीइन​ ! हिलारीको तमाम महिला हितका कुरालाई खुला चुनौती हुने सम्भावना पनि छ ! फेरी त्यहि मेडिया हो जसले मोनिकाको आवाजलाई हित र हिलारीको चुनावलाई अहित गरिदिन पनि सक्छन ! आशा गरौँ अमेरिकि जनताले त्यो भुल गर्ने छैनन​।

यदि अन्तर पार्टिबाट हिलारि क्लिण्टन र जेव बुशले जितेर आए भने यिनै दुई जनाका बिचमा राष्ट्रपतिका लागि आन्तिम लडाँई हुनेछ। आगे अमेरिकि जनताले निर्णय दिने नै छ्न​। विश्वका महिलाहरुको प्रतिनिधित्व गर्दै अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने सौभाग्य हिलारी क्लिण्टनलाइ मिलोस अग्रिम शुभकामना !

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s