कविता


 

पशुपतिको शतबिज नदेख्ने एक हुल लाटाकोशेराहरु

चमेराको रुखमा आहारा खोज्दै लैनचौर छिरे  

दिउँसो आँखा नदेख्दा पर्खालमै ठोकिएर मरे

 

स्वदेशको मन्दिरमा विदेशीका पुज्यारिले

जय नेपाल र नेपालीको कल्यान भन्ने

मन्त्रोच्चारण गर्न जान्दैनन

 

मालिकको सेवामा भुस्या कुकुर

मालिकसंगै यता उता

निदाएको मालिकलाई भुक्दै ब्युँझाउँछ

 

भुक्दा भुक्दै भोकाएको भुस्या कुकुर

आमाको हात समातेर स्कुल हिंडेको बालकलाई   

हातैमा टोकेर टिफिन खसाली दिन्छ

 

किरै परेका भुस्या कुकुरहरुको वैरो लाग्यो     

ज्यानै छाडेर ङ्याँर ङ्याँर गर्छ

न आफु खान्छ, न अरुलाई खान दिन्छ

06/03/2015 UK

Advertisements