दुनियाँले जतिनै गरिव र असक्षम भने पनि एउटा शन्तानका लागि उसकी आमा सर्वश्रेष्ठ हुन्छिन। आमाको गर्भमा नौ महिना बसेको त्यो सन्तान सबैभन्दा पहिले  जमिनमा  टेक्छ र तत्काल अधिकारका लागि चिच्याउँछ। अनि त्यही माटोमा उसको भोग शुरु हुन्छ। ऊ जन्मेको ठाउँ मातृभूमी हो, अर्थात जननी। त्यसैले एउटा जिवका लागि आमा र जन्मेको ठाउँ प्राण भन्दा प्यारो हुन्छन। तर पछिल्लो समय प्रजातन्त्र, स्वतन्त्रता र अधिकारका नाउँमा नेपाल र नेपालीको त्यो प्राण प्यारो संवेदनशिलता माथि वाह्य कुद्रिष्टिको कालो वादल मडारिन थालेकोछ।

प्रजातन्त्र कसका लागि हो ?

समय यकिन भएन, काजी लेण्डुप दोर्जिको एउटा अन्तरवार्ता हिमाल खवर पत्रिकाले छापेको याद छ, त्यसमा उनले- राजा र सिमित भोटेका बिरुद्धको  त्यो आन्दोलन एकदम सहि हो तर त्यो पवित्र ‘प्रजातान्त्रिक’ आन्दोलन भित्र भारतीय  षड्यन्त्रलाई समयमै पहिचान गर्न नसक्नु हाम्रो महाभुल थियो, भनेको थिए। त्यसको केही समय पछी उनी मरे। यो कुराको फेहरिस्त बुझ्न टिकाराम भट्टराईको ‘सिक्किम सागा’ पनि काफि छ। यो त एउटा द्रिष्टान्त मात्रै हो । दुनियाँमा प्रजातन्त्रको लागि भनिएको कैयौँ लडाईंका पछाडि गिद्ध् घुमेका प्रसस्त उदाहरणहरु छन, जुनकुरा प्रजातन्त्रको लडाईं लडनेहरुले समयमै बुझ्न जरुरि छ।

हुनपनि आफ्नो अनुकुल भए उच्च प्रजातन्त्र र  मानव अधीकारको सम्मान भएको देख्ने ‘डनहरु’ आफ्नो प्रतिकुलमा जस्तै प्रजातन्त्रलाई पनि खोटो देख्ने खोटो दृष्‍टि नयाँ होइन।  आज प्रजातन्त्र कही कतैबाट आक्रान्त छ भने तिनै डनहरुबाट छ।

पछिल्लो समय नेपालमा गणतन्त्र, संघियता र जातियताको नाममा डनहरुबाट अत्यन्त फोहरी नांगो खेल खेलिंदै छ। यौटी आमाबाट लुछेर नाबालकलाई  लांगबिंग पार्न तम्सेको त्यो यूरो-यूनियन नामको त्यो कालो गिद्ध नेपालको आकाशमा घुमिरहेको देख्दा प्रजातन्त्र नेपालीको लागि आएकै होइन, भन्ने लाग्नु स्वभाविक हो।

आफ्नो अनुकुल भए उच्च प्रजातन्त्र र  मानव अधीकारको सम्मान भएको देख्ने ‘डनहरु’ आफ्नो प्रतिकुलमा जस्तै प्रजातन्त्रलाई पनि खोटो देख्ने कुदृष्‍टि नयाँ होइन।  आज प्रजातन्त्र कही कतैबाट आक्रान्त छ भने तिनै डनहरुबाट छ। 

Image: http://king-animal.blogspot.co.uk/2012/12/saltwater-crocodile.html#.VMlKZNKsVWs

प्रजातन्त्रले केहीलाई सुखानुभुति गराउन सकेको भए पनि धेरैका लागि टाउको दुखाइको बिषय पनि भएकोछ। खासगरी प्रजातन्त्र राज्य-व्यवस्था संचालनको त्यो डरलाग्दो हतियार हो, जसको प्रयोगका लागि चाहिने आधारअभुत शर्तहरुको अभावमा उल्टै धानीनसक्नु अस्थिरता आउन सक्छ, जसले गर्दा आफुलाई भन्दा निहित स्वार्थ भएका तत्वहरुलाई धेरै फाईदा हुने गर्दछ । विवेक, दाइत्व, सिद्धान्त र कार्यक्रमको अभावमा आज पनि प्रजातान्त्रिक पद्धती अँगालेको भनिएका विश्वका धेरै मुलुकहरुले दु:ख झेली रहेकाछन, समस्याको निकास पाउन सकिरहेका छैनन । परीणामस्वरुप ति मुलुकहरु ”सल्लाहकारको भूमिकामा” रहेका वाह्य शक्तिको क्रिडास्थल बन्ने गरेका प्रसस्त उदाहरण छन । नेपालको सन्दर्भमा पनि यो कुरा लागु भईरहेको देखिएको छ, अर्थात नेपाली जनताले २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना त गर्न सके तर आजसम्म प्रतिफल पाउन सकिरहेका छैनन, बरु दु:ख पाइरहेका छन।

प्रजातन्त्र वाक स्वतन्त्रता मात्र होइन सक्नेले जे गर्न पनि हुने, नसक्नेले टुलुटुलु हेरेर धिक्कार्नु पर्ने अवस्था पनि होइन। यो त एउटा जीवन पद्धती हो जसले समाजका प्रत्येक अङहरुलाई जिम्वेवारि बोध गराउँछ र  सह-अस्तित्वको अधारमा तिनिहरुबिच समन्वय गराउँछ जसले गर्दा त्यो समाज सवल, स्वस्थ र उन्नती तर्फ अगरसर हुन पुग्दछ। त्यसैले प्रजातन्त्रमा शिक्षा र तालिम-प्रशिक्षणको महत्वपूर्ण भूमिका हुन्छ। यो कुरा नेपालमा छँदैछैन भने पनि फरक पर्दैन।

सबै मुलुकहरु प्रजातन्त्रको अभ्यासमा परीपक्व भएभने ”दादागिरी” चलाऊने, एकतर्फी शक्ति विलाश गर्ने अभिष्ठ भएकाहरुका लागि सहज हुनेछैन … त्यतिमात्रै होइन नेपालीको आँगनमा त दादाहरु बुङै समेत नाच्ने गरेको भेटिएकोछ।

के गर्ने? कहिले गर्ने? कसरी गर्ने? किन गर्ने? र कसका लागि गर्ने? भन्नेकुरा सरोकारवालाहरु सबैको जानकारीमा हुनै पर्छ र त्यसको कार्यान्वयन भए नभएको बारेमा समय समयमा मुल्याङ्कन हुनुपर्छ। राम्रो गर्नेले पुरस्कार र नराम्रो गर्नेले दण्ड पाउँछ भन्ने कुरालाई सर्वजनिक गर्नु पर्छ।

नेपालको सन्दर्भमा प्रजातन्त्र र बिकास

प्रजातन्त्र प्राप्तीका पछाडि नेपाली जनताले चाहेको कुरा बिकास नै हो, सामाजिक बिकास; आर्थिक बिकास। प्रजातन्त्र आयो, तर त्यसको संचालनमा चाहिने विधी र ज्ञान हामीले अपाउन सकेनौँ वा खोजेनौँ। नसक्नु केही हदमा क्षम्य हुन्छ, तर गर्न नखोज्नुको पछाडि लुकेको स्वार्थ पर्दा अगाडि देखिन थालेपछी एक पछि अर्को गर्दै ठुला ठुला संकट्को सामना गर्नु पर्ने अवस्था आउँछ, जुन कुरा नेपालले पनि 2971-004-A0566509भोगिरहेकोछ। न नेत्रित्वले सिक्यो, नत जनताले नै सिके। जनतालाई नेत्रित्वले सिकाउने हो, सिक्न अभिप्रेरित गर्ने हो; त्यो भएन। यतीसम्म कि प्रजातन्त्रको स्थापनामा बिनासर्त सहयोग गरेका छिमेकी मित्र राष्ट्रहरु, दाता र अन्य सहयोगी कसैले पनि प्रजातन्त्रको संचालन, विधी र प्रशिक्षणमा कत्तिपनि रुची नदेखाउनु आँफैँमा विडम्वना हो, किनभने आफ्ना पारीयोजना मार्फत अरबौँ-खरबौँ खर्च गर्न सक्नेले प्रजातन्त्रकै सबलिकरणमा किन खर्च गर्न रुचाउंदैनन! वास्तवमा प्रजातन्त्रले मानिस वा संघठनलाई आफ्नो माग प्रती सचेत गराउँछ। सबै मुलुकहरु प्रजातन्त्रको अभ्यासमा परीपक्व भएभने ”दादागिरी” चलाऊने, एकतर्फी शक्ति विलाश गर्ने अभिष्ठ भएकाहरुका लागि सहज हुनेछैन। सत्य यही हो। त्यसैले प्रशिक्षण त तिनिहरुले आ-आफ्ना लबी समुहलाइ गराइरहेका हुन्छन, एन जि ओ करण गरेर। यसरी दादाहरुले राजाइँ गरिरहेका हुन्छन, अर्काको प्रजातन्त्र र बिकास प्रकृयाबाट आफ्नो बिकासलाई पालित-पोषित गरिरहेका हुन्छन। अत: प्रजातन्त्रबाट कसलाई बढी लाभ भईरहेकोछ भन्न कुरा समयमै पहिचान हुनु पर्छ। नेपाली जनताले पाउनेभन्दा गुमाउने धेरै गरेको देख्दा यो कुरा सहजै देख्न सकिन्छ। त्यतिमात्रै होइन नेपालीको आँगनमा त दादाहरु बुङै समेत नाच्ने गरेको भेटिएकोछ।

प्रजातन्त्र आँफैमा संपूर्ण विधी होइन

प्रजातन्त्र पनि पूर्ण विधी होइन। यसका केही शर्तहरु हुन्छन, तिनिहरुको उच्चतम पालनाबाट मात्रै त्यसको फल प्राप्त गर्न सकिन्छ। ती मान्यताहरु हुन –

 -सबै सरोकारवालाहरु चेतनशील र शिक्षित हुनु पर्छ

-सबैले मेरो होइन, ”हाम्रो” स्वार्थलाई सर्वोपरी ठान्नु पर्छ

-अल्पमतलाई सम्मान गर्दै बहुमतको बिचारलाई कार्यन्वयनको लागि अवसर दिनु पर्छ

–एकले अर्कालाई उच्च सम्मान गर्न सक्नु पर्छ।

-योजना र कार्यक्रमको स्पष्ट पहिचान हुनुपर्छ

तर नेपालमा उल्लेखित कुनै पनि मान्यता कृयाशिल भएको अवस्था छैन। त्यसलाई कृयाशिल गराउने अभिरुची पनि कम देखिन्छ। यतीसम्म की विधायकहरु आँफै कानुन बनाउछन; आफु र आफ्ना लागि काम गर्न कार्यन्वयन गर्ने निकायलाई बारम्बार अनावश्यक दवाब दिइरहन्छन। जिम्वेवार पदाधिकारी र संस्थाको मिलेमोतोमा सरासर कानुनको उलंघन गरिन्छ। यसरी कानुन कार्यन्वयन गर्ने सम्मको बातावरण जोगिएको छैन।

लालध्वज र प्रचन्ड नामका कालध्वजहरुलाई अब त ज्ञान हुनु पर्ने हो कि उनिहरु खीईदै गएको यो अवस्थामा एकाएक लिट्टेको पुनर्जन्ममा क्याम्ब्रिजका ठिमाहहरु किन र के का लागि तराइतिर झर्दैछन! हाम्रा दिन गए नयाँ आन्दोलनका लागि नयाँ तुरुप आए, भनेर जुन दिन लालध्वज र प्रचन्डले महसुस गर्लान, त्यो दिन ढिलो भईसकेको हुनेछ।  

त्यसैगरि जनता पनि  पानी, बिजुली, इन्धन लगायत आफ्ना आधारभुत आवश्यकता पुरा गराउन भन्दा झुट्टा नेत्रित्वलाई पदमा पुर्‍याउन टाउको फुटाउँदै सडकमा बन्द हडताल गरेर झन संकट झेल्न तयार देखिन्छन। अनी यता राज्य संचालनको निकायमा रहेका पदाधिकारीहरु भने कामचोर भ्रष्ट छ। सह्योगि भनिने अन्तरराष्ट्रिय समुदाय स्वार्थी छ। सरोकारवालहरुकै निष्ठा अभावको कारण नेपालको प्रजातन्त्र खतरामा परेकोछ।

हात्ती आयो, हात्ती आयो; फुस्सा

लालध्वज र प्रचन्ड नामका कालध्वजहरुलाई अब त ज्ञान हुनु पर्ने हो कि उनिहरु खीईदै गएको यो अवस्थामा एकाएक लिट्टेको पुनर्जन्ममा क्याम्ब्रिजका ठिमाहहरु किन र के का लागि तराइतिर झर्दैछन! तिम्रा दिन गए नयाँ आन्दोलनका लागि नयाँ तुरुप आए, भनेर जुन दिन लालध्वज र प्रचन्डले महसुस गर्लान, त्यो दिन ढिलो भईसकेको हुनेछ। एउटा जिवका लागि आमा र जन्मेको ठाउँ प्राण भन्दा प्यारो हुन्छ।

 नेपाली जनताको लागि प्रजातन्त्रले बोल्ने अधिकार त दियो; तर कहाँ र कसरी बोल्ने भनेर सिकाएकोछैन। प्रसस्त साधन श्रोत, (जन, जमिन र पानी) भएर पनि बिकास गर्न सकिएको छैन। केवल शब्द के राख्ने भनेर बर्षौँ जनधनको क्षति हुनेगरेकोछ। राजनीति गर्नेहरु शब्दको भुमरिमा फसेकाछन। यतिसम्म कि उनिहरुलाई ‘बिकास गर्ने शब्दले होइन ब्यवहारले हो’ भन्ने सम्म हेक्का भएको देखिन्न। प्रजातन्त्र स्थापनामा सहयोग गरेका दाताहरु प्रजातन्त्रकै सबलिकरणमा खर्च गर्न रुचाउंदैनन। त्यसैले नेपाली जनताले प्रजातन्त्र र बिकासका लागि पटक पटक गरेको बलिदानी पूर्ण योगदान हात्ती आयो, हात्ती आयो; फुस्सा भएकोछ। तर स्वार्थिहरुले षड्यन्त्रको तानाबाना बुन्न छाडेका छैनन। अर्काको अस्थिरतामै आफ्नो स्थिरता देख्नेहरु नै प्रजातन्त्रका मसिहा भएका छन।

जगदीश वाग्ले @२०१५, सिमान्त

………………………..

Advertisements