Prithvinarayanshah

एउटै थाल चाटेका आफ्ना परम मित्रहरूसँग ”मेल” गर्न नसकेर दुस्मनहरूसँग ”मिलाप” खोज्दा आज नेपालको प्रजातान्त्रिक शक्ति खासगरी नेपाली काँग्रेस न ‘मेल’ न ‘मिलाप’ को कालो बादलभित्र ढाकिँदै गएको देखिन्छ। नेपाली कांग्रेस र ने क पा एमालेको अहिलेको राजनीतिक सिद्धान्त के हो ?! न हाँस न बकुल्ला ! संघर्षका बेला राजनीतिक दललाई सिद्धान्तले शक्ति दिने हो। बी. पी. ले प्रतिपादन गरेका सिद्धान्तको सान्दर्भिकता झनझन बढदै छ, तर नेपाली काँग्रेस भने त्यो कित्ता बाट धेरै पर उछिट्टिएको छ।

 संबिधान सभा हाल भित्र माघ ६ गते घटाइएको सुनियोजित घटना पछि जे देखिदैछन तिनिहरुबाट अब प्रष्ट भएको छ कि-

 जातीय मुद्धा झन पेचिलो भएर आएको छ, जसलाई समाल्न सक्ने सामर्थ कसैसँग पनि देखिदैन ।

 केही दिन अघि ”जातिय पैरवी” गर्न उक्साउने राजदुतहरूको भूमिका प्रष्ट भएको छ, र आजमात्रै अमेरिका, वेलायत, क्यानडा र अष्ट्रेलियाले संयुक्त वीज्ञप्ति निकालेर आफ्ना नागरिकहरूलाई ”सुरक्षा” को कारण नेपाल भ्रमण नगर्न सुझाएका छन । संकेत राम्रो छैन।

जातीय मुद्धा झन पेचिलो भएर आएको छ, जसलाई समाल्न सक्ने सामर्थ कसैसँग पनि देखिदैन ।

 श्रिलंकालाई हिंसामुक्त गरेका पूर्व राष्टपतीले राजपाक्षेले हालै चुनाव हारे, अब उनी बिरुद्ध भ्रष्टाचारको मुद्धा दायर भैसक्यो, राजपाक्षेको अन्त भनेको उत्तरी चिनलागि सिधा चुनौती हो। तिब्वेतसँग जोडिएको नेपाल पनि यो शिकारबाट मुक्त छैन। त्यसैले नेपाल ”शक्तीहरूको भिडन्त्र” को प्रष्ट शिकार हुंदै थियो, त्यो अब सतहमा आउने देखिएको छ।

पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपाललाई मेरो भन्ने शक्तिहरुका बीच मेलमिलाप गर्न ढिलो गर्नुहुन्न।  पछिल्लो समयमा भएका एकातर्फी युद्ध र शरणार्थीको समस्या हेरेर नेपाली नेताहरूले संयमता आपनाउनु पर्छ। नेपालीको स्वार्थ भनेको नेपाल हो। 

 अब आन्तरिक शक्तिहरुमा झन तिब्र ध्रुबिकरण हुनेछ; जसमा बिकास र राजनीति काम, जातियता धेरै हुनेछ। त्यसमा कांग्रेस + ने क पा एमाले, माओवादी, जनजाति, क्षेत्रिय(मधिसे), हिन्दू राजावादी ग्रुप; त्यसमा निर्णायक भूमिका बिदेशिको हुने देखिन्छ। बिभाजित बिचारको प्रतिनिधित्व गर्ने संचार, बौधिक जगत र अधिकारवादीहरूलाई ”एन जी ओ करण” ले कर्तव्य बिमुख पार्नेछ। धमिलिएको पानीमा माछाहरू सजिलै मर्नेछन।

BP

 आन्दोलन/अस्थिरता चर्काउने औजार को रुपमा माओवादी, जनजाति, क्षेत्रिय(मधिसे), प्रयोग भएपनि कालन्तरमा ”हमिद कर्जाइ” वा ”पेत्रो पोरोशेन्को(Petro Poroshenko)” को रुपमा खिया लागेका ”पद्मरत्नहरू” एकाएक चम्किनेछन। सिक्किमको घटनामा चुँ नबोल्नेहरू क्रैमियामा खनिएको देख्दा बुझेकै कुरा हो कि ”देश” हुनेहरूको ”बिदेश निति” कस्तो हुन्छ भनेर।

सिक्किमको घटनामा चुँ नबोल्नेहरू क्रैमियामा खनिएको देख्दा बुझेकै कुरा हो कि ”देश” हुनेहरूको ”बिदेश निति” कस्तो हुन्छ भनेर।

 जतिसुकै मानव अधिकार र प्रजातन्त्रको फलाको रटे पनि सबैले आफ्नो स्वार्थ हेर्ने हो। नेपालीको स्वार्थ नेपाल हो। पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपाललाई मेरो भन्ने शक्तिहरुका बीच मेलमिलाप गर्न ढिलो गर्नुहुन्न।  पछिल्लो समयमा भएका एकातर्फी युद्ध र शरणार्थीको समस्या हेरेर नेपाली नेताहरूले संयमता आपनाउनु पर्छ। तर बिनासकाले बिपरित बुद्धि ! परिस्थिती प्रतिष्ठाको बिषय भैसकेको छ, समालिन गाह्रो छ।

यी यावत परिस्थितीको सामना गर्ने रणनिति/सिद्धान्त कोसँग छ अहिले !? क्षणिक लाभ र हानीको रणनितीले समस्याको दिर्घकालिन समाधान दिंदैन। त्यसैले नेपालमा दुखका दिनहरू झन् गहिरिएर जाँदैछन। फेरि पनि २०४६ का  शक्तिहरू मिल्नुको बिकल्प छैन।

Feature Image http://cain.ulst.ac.uk/images/photos/derry/citywithout/statuesbr2.htm


Advertisements