यत्रो घटनामा रा. प्र. पा. गुपचुप : लुकेको सत्य

♦ कमल थापाको रा प्र पा ले संबिधानमा ”राजतन्त्रात्मक हिन्दू अधिराज्य” हुनुपर्छ, नत्र यो बिषयलाई जनमत संग्रहमा लागेर निर्णय गरिनु पर्छ भन्दै आएकोछ। संबिधान सभाले उसको प्रतिकुल निर्णय लिनसक्ने देखेर जनमत संग्रह भन्दै आएको थियो। संबिधानसभाको अस्तिको घटना रा प्र पा ले चाहेको बिषय थियो, जो माओवादीहरूले गरिदिए!? यदि संविधान आएको भए त्यसलाई नमान्नका लागि कमल थापाले घोषणा गरेको ”तेस्रो जन आन्दोलन” गर्नु पर्थ्यो, तर अब उनिहरुलाई यो कठिन संघर्ष टरेकै (!?) भएर होला बाबुरामले ”दरबार फर्किने भयो भनेर” भनेर कटवाल भाके ।

♦ संबिधानसभा भित्र प्रत्यक्षत: हिजो कुर्ची भाँच्न लगाउने बाबुरामजीले ”संबिधान सभा अपहरण” भयो भन्न कसरी सकेको !? यो सब देखेका जनतालाई कसरी ढाट्न सकेको !?

prachanda_178457862
झुट धेरै टिक्दैन

♦ सरकारको नेत्रित्वगरे, पार्टीको नेत्रित्व गरिरहेकै छन, संविधान कमिटीका अध्यक्ष पनि हुन, परस्पर बिरोधी बोलि र ब्यबहारले वाक्कदिक्क भए सबै, असन्तुष्टीको पराकाष्टा नाघ्यो- पार्टी फुटेर पाँचवटा भयो, अझै दाइत्व बोध नगर्ने !?

♦ माओवादीहरूले हालसम्मको उपलब्धिलाई संस्थागत गर्दै जान दलहरूसँग मेलमिलाप गर्नुको विकल्प थिएन । जुन कुरा बाबुराम भट्टराई जस्तो इख र बिष ले भरिएकाहरुका लागि असंभव छ। अब माओवादीहरूले प्रजातान्त्रिक दलिय संस्कारसँग खेल्ने सिक्नु पर्छ । २०६३ को ब्रिहद शान्ति संझौता गर्दाकै दिन श्वघोशित माओवाद पनि बिसर्जन भएको थियो ।

माघ ८ गते जे जस्तो भएपनि संबिधान आउँछ भन्नेहरू एकाएक निरास भए , पहिलो पटक संबिधानसभा बिघटन गर्नेले दोश्रो संबिधानसभाको भौतिक रुपमै समाप्ती तीर लागे। 

♦ यतिखेर मधिशेहरू माओवादीको काँधमा बन्दुक राखेर ”एक मधेश”को  आन्दोलनलाई संस्थागत गर्दैछन, यो कुरामा मावोवादी प्रष्ट छैन।

♦ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बन्द पक्षधरहरूकै ढुंगा प्रहारबाट बचाउन प्रहरी र सशस्त्र सफल भए पनि अर्का सभासद् तथा पूर्वमन्त्री जनार्दन शर्मासहित दाहालपुत्र प्रकाश र तीन अन्य सभासद्हरू त्यस्तो आक्रमणबाट उम्कन सकेनन्, यसलाई माओवादीहरूले जनताको धैरताको सीमा बिष्फोट भएको मान्नु पर्छ ।

♦ जातीयतामा आधारित संघीयता र सहमतिको संविधानजस्ता परस्पर विरोधी मागका पक्षमा गरिएको नेपाल बन्दलाई ठाउँठाउँमा जनताले प्रतिकार गरिरहेकाछन भने बन्द आह्वानकर्ता एमाओवादी केन्द्रीय नेताहरू आफ्नै समर्थकको निसाना बनेका छन्। (सेतोपटि माघ ७ )

♦ खुला रूपमा दाताहरूसँग नजिक देखिएका जनजाति नेता पद्मरत्न तुलाधरसँग गठबन्धन गर्दा दाहालको नेतृत्व कमजोर देखापरेको हो। (सेतोपटि माघ ७ ),

यदि संविधान आएको भए त्यसलाई नमान्नका लागि कमल थापाले घोषणा गरेको ”तेस्रो जन आन्दोलन” गर्नु पर्थ्यो, तर अब उनिहरुलाई यो कठिन संघर्ष टरेकै होला !?

CA_20150120011744

♦ ८ गते जे जस्तो भएपनि संबिधान आउँछ भन्नेहरू एकाएक निरास भए र हिजोका सामाजिक संजालमा अधिकांश मानिसहरूले बिकल्पको खोजी गर्दै पोस्टहरू शेयर गरे- जसमा दरवारको लोकप्रियतामा धेरै शव्द परेको (corpus linguistic) प्रष्ट देखिन्थ्यो ?! संबिधानसभाको भौतिक संरचना जसले भत्कायो त्यो गलत थियो । पहिलो पटक संबिधानसभा बिघटन गर्नेले दोश्रो संबिधानसभाको भौतिक रुपमै समाप्ती तीर लागे।

आगे देश र जनताको भलो होस, भाँडतन्त्र र गलगाँडतन्त्र नेताको फिकर छैन । कुनै आमाले यो मुलुक हेर्ने एउटा सपुत दिनेनै छिन। अहिले यहि आशा गरौं।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s