तपाइ नेताहरू अँध्यारो कोठाको टेबुल र त्यहाँको कागजमा लेखिने शब्दभित्र  शक्ति खोजीरहनु भएको छ,  एक पटक बाहिर निस्केर ६०१ जान सबैले नेपालबाट बगेर गएको पानीलाई एक टकले ५ मिनेट छातीमा हात राखेर हेर्नुहोस त !  आनि थाह पाउनु हुनेछ शक्ति कहाँछ भनेर ! यो साँचो हो तपांहरू सबैले एकै साथ अन्जुलीमा पानी उभाएर संकल्प गर्नुभयो भने त्यो एउटा निर्णयले तिर्खा, अन्धकार, बाँझो आनि गरिवीबाट मुक्ति पाइनेछ ! बिकासकालागि पानीको राजनीति गरिदिनोस, विश्वमा अनर्थ लागेर कोरिइसकेका शव्दहरू टिपेर राजनीतिलाई झन अस्थिर नबनाइदिनुहोस। मन मिल्यो भने कुनै नियम कानुन नभए पनि देश असाध्यै राम्रोसँग सप्रन्छ, तर मन फाटेको छ भने तपाईंको संसदले पारित गरेको कुनै पनि नियमले अनर्थ मात्र लाग्छ। त्यसैले टुटेका मनहरू जोडन तिर लाग्नुहोस।  आ-आफ्नो ठाउँबाट आ-आफ्ना कार्यकर्ताहरूलाई मात्र ”म नेपाली हुँ” भन्न सिकाइदिनुहोस। फुटेका मनहरू जुटाउने तीर लागिदिनुहोस।

भारतका प्रधानमन्त्री मोदी आए, बिजुलिका लागि दुइवटा संझौता गरेर गए। त्यस पछि ”अब दिन फर्के” भनेर अर्को बिजुली आयोजनाका लागि देशलाई तयार पार्नु भयो ! मोदीको हात समाउन तारिफ गर्न सडकमा नअटने गरि ओर्लेको नेपाली जनताको भिड आफ्नै नेतालाई सराप्न किन उध्दत छ ?

 देश बनाउने पनि बिगार्ने पनि नेताले नै हो। हेर्नुहोस त अन्धकारमा तिर्खा, अन्धकार, बाँझो आनि गरिवीमा पिल्सेका जनता मलाइ पानि, बिजुली, सिंचाइ र रोजगारी देउ भनेर सडकमा निस्कंदैन तर तपाईंहरूलाई कुकर्म गर्ने लाइसेन्स दिनु पर्‍यो भने सडकमा मर्न र मार्न तयार भएर निस्कन्छ । जनताको शक्तिलाई धेरै दुरुपयोग नगर्नुहोस ।

भारतका प्रधानमन्त्री मोदी आए, बिजुलिका लागि दुइवटा संझौता गरेर गए। त्यस पछि ”अब दिन फर्के” भनेर अर्को बिजुली आयोजनाका लागि देशलाई तयार पार्नु भयो ! मोदीको हात समाउन र तारिफ गर्न सडकमा नअटने गरि ओर्लेको नेपाली जनताको भिड आफ्नै नेतालाई सराप्न किन उध्दत छ ? टाउकोमा कफन बाँधेर कुर्चि/सत्तामा पुर्याएका नेताहरुको कुकर्म हेर्ने शोख नेपाली जनतालाई छैन, भन्ने कुरा समयमै बुझिदिनु बेस।

हेर्नुहोस अन्धकारमा तिर्खा, अन्धकार, बाँझो आनि गरिवीमा पिल्सेका जनता मलाइ पानि, बिजुली, सिंचाइ रोजगारी देउ भनेर सडकमा निस्कंदैन तर तपाईंहरूलाई कुकर्म गर्ने लाइसेन्स दिनु पर्‍यो भने सडकमा मर्न मार्न तयार भएर निस्कन्छ जनताको शक्तिलाई धेरै दुरुपयोग नगर्नुहोस

नेतालाई नेत्रित्व गर्ने शक्ति जनताले त्यति बेलासम्म अनुमोदन गर्ने हो जतिबेला सम्म उसले ”म खाउँ, मै लाउँ…” अर्थात ”म र मेरो” भन्दैन । असत्य बयानको भ॰याङ चडेर कुर्चिमा पुगेको एउटा नेता आफ्नो असत्य ढाक्न थप असत्य दोहो॰याउन थाल्छ, अब शुरु भयो उसको पतन। यही भुमरीको शिकार भए हाम्रा नेताहरू। मुलुक नेत्रित्व बिहिन भयो, हामी टुहुरा झैँ भयौँ । कुर्ची कुर्न बसेका खेतालाहरूबाट नेत्रित्वको भोक मेटिन्न।

विश्वमा सबै कुराको बिकल्प देखियो तर पानीको छैन । कुवेतबाट विस्फोटन शुरु भएको ”तेलको राजनीति” ले ”अहिंसा”का चेलाको गर्भमा तिव्वती अनुहारको अबैध ठिमाह जन्माउँदै छ। तेल पछिको विश्व राजनीति पानिका लागि मडारिदै छ। एक पन्थ दो शिकार- पानी र भु राजनीति ।  त्यसैले अहिंसाको बस्त्र पहिरिनेहरू बेलाबेलामा टाउको मुण्डन गरेका आफ्नै चेलाहरूलाई आत्मदाह गर्न उक्साइरहन्छन। आत्मदाह हिंसा होईन र !?

तेल पछिको विश्व राजनीति पानिका लागि मडारिदै हामी फुटेर होईन जुटेर मात्र केही गर्न सक्छौँ…समयले सुम्पेको जिम्वेवारीलाई पूरा गरेर इतिहास रचेकाहरूलाई गाली गर्नु राजनीतिक बेइमानी हो।

नेपालको राजनीति यस्तै अवस्थामा रहिरहने हो भने पानी हामीसँग, श्रोत र शक्ति जति अरुसँग रहने दिन आउन धेरै टाढा छैन। समयले सुम्पेको जिम्वेवारीलाई पूरा गरेर इतिहास रचेकाहरूलाई गाली गर्नु राजनीतिक बेइमानी हो। असैह्य अपमान सहेर पनि नेपाल नछाडनेहरू देश भक्त हुन भन्ने कुरा बिर्सन हुन्न । भाइहरु फुटदा गवाँरले पनि लुटिदिन्छ भन्ने कुरा बिर्सनु हुन्न। धर्म विश्वासमात्र हो तथ्य होईन, त्यसैले यसको पछि लाग्नु भनेको सिधै बिखण्डनको खाडलमा जाकिनु हो । किन भने हामी फुटेर होईन जुटेर मात्र केही गर्न सक्छौँ – यहिकुरा हामिले हाम्रो नेत्रित्वहरू बाट अपेक्षा गरेको हो । त्यसैले  सक्छौ नेत्रित्व गर, सक्दैनौ बाटो खालि गरिदेउ- देशको विकासमा लान हतारो भैसकेको छ।

Advertisements