downloadमाघ ८ मा पनि संबिधान आउने देखिदैन।

”चार दलको बैठक निष्कर्ष विहीन” (पुस १४, कान्तिपुर); यसरी नै समाचार पढेर थाक्छन टोलाइरहेका नेपालीका आँखाहरू।

नेताहरू आफै भनीरहेका छन -”सबैले लचकता देखाउने कुरा गरेपनि धेरै विषयमा नेताहरु आ-आफ्नो पोजिसनबाट यता उता भएका छैनन”। तर फेरि ”सहमतिको इच्छा शक्ति भएमा दस मिनेटमा नै निर्णय गर्न सकिन्छ, अब लम्मेतान छलफल आवश्यक छैन, बढी भइसकेको छ, निर्णयमा पुग्न दस मिनेटमै सकिन्छ।” पनि भन्छन् नेताहरू। नेताहरू नै वाक्क दिक्क भैसके।

परिस्थिती काबुभन्दा बाहिर गए जस्तो छ। कति ढाँटिने?! झुटको खेति त कति कति ! जनताले कति कुर्ने???????!!!!!!!!!!!

राजनीतिक पखाण्डले नेपाली जनतालाई विकल्पको खोजी गर्न वाध्य परिसकेको अवस्था छ। के कस्तो अवस्थामा ”विश्वकै सर्वोत्क्रिष्ट मानिएको ‘नेपालको संबिधान-२०४७’ फ्याँकियो ?! केही अवैधानिक कामहरू त्यतिखेर जरुर भएकाछन। तर संकटको स्वरुप बदलियो; टरेन। टर्ने लक्षण पनि देखिन्न। झन कुना काप्चामा काउसोहरू फैलँदैछन। आखिर परिस्थिती घुमेर त्यही संसद र बहुदलीय ब्यवस्थामै आइपुगेको छ।

माओवादी युवानेता दिल निसानि मगर पौष १३ को सेतोपटिमा लेख्छन ”दुई-दुई पटक संबिधान-सभाको चुनाब गरेर राज्यकोषको खर्बौ रुपैयाँ सकियो यसबारे राजनैतिक दलहरू खुद जवाफदेहि हुनपर्छ कि पर्दैन?…बाबुरामको कठोर भिष्म प्रतिज्ञामा उल्लेख छ-‘हामि अहिले नै तपाईहरूसँग प्रतिज्ञा गर्छौ। नयाँ संबिधान सभा गठन भएको ६ महिना भित्र हामी संबिधानमा रहेका बाँकी मुद्दाहरूलाई राष्ट्रिय सहमति गर्ने कोशिस गर्नेछौ। सहमति कायम हुन सकेन भने हामी संविधानको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाहरूको टुङ्गो लगाउँछौ र एक वर्षभित्र हामी तपाइहरूलाई नयाँ संबिधान दिनेछौ। यो हाम्रो भिष्म प्रतिज्ञा हो।”

संविधानको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाहरूको टुङ्गो लगाउँछौ र एक वर्षभित्र हामी तपाइहरूलाई नयाँ संबिधान दिनेछौ।

तर ”जनवादी क्रान्तिको अभ्यास सकियो, अव समाजवादी क्रान्तिको तयारि जरुरिछ” भनेर ‘अभ्यास’ गर्ने छेपाराहरूले छिन-छिनमा रंग बदलिरहेका छन। बदलिरहने रंग हेर्नु भन्दा जनताले आफ्नै रंग निर्धारण गर्नु बेश।

समाजवादी क्रान्ति सबैको आवश्यकता हो, सबैले त्यही भन्दै आएका छन। आउने ठाउँ यही हो- संसदिय बहुदलिय ब्यवस्था र आर्थिक क्रान्ति – समाजको बिकास। कुर्ची क्रान्तिमा लागेकाहरू पनि त्रिप्त भैसकेको अवस्था छ। अब पनि ढिलो हुँदै गयो भने अर्को ”बनमासा” ले क्रान्ति थाल्नेछ, शुरु त भैसके कै छ। परिस्थिती सबैले बुझेकै कुरो हो।

छेपाराले छिन-छिनमा बदलिरहने रंग हेर्नु भन्दा जनताले आफ्नै रंग निर्धारण गर्नु बेश।ढिलो हुँदै गयो भने अर्को ”बनमासा” ले क्रान्ति थाल्नेछ,

त्यसैले आफ्नै पाखण्डका कारण नयाँ संबिधान आउन दीइन्न भने २०४७ कै संबिधान फर्काउनु को बिकल्पै छैन, किनभने मुलुक संबिधान बिहिन रहन सक्तैन। ढिलो हुँदै गयो भने अर्को क्रान्ति हुन सक्छ। ”लम्मेतान छलफल आवश्यक छैन, निर्णयमा पुग्न दस मिनेटमै सकिन्छ।”

जनतासँग विकल्प छ, त्यो हो २०४७ को संबिधान।

अब विकल्प खोजिनु पर्छ। जनतासँग विकल्प छ, त्यो हो २०४७ को संबिधान। संशोधन सहितको ‘त्यो संबिधान नै अबको विकल्प बन्दै गएको छ।

लिंकहरू 

चार दलको बैठक निष्कर्षविहीन

दलहरूको बैठकले केही गरेन, आज पनि बैठक

नागरिक दैनिक पुष १४ 

नेपालको संबिधान-२०४७

सहमति नभए नियमानुसार निर्णय गर्छु

माघ ८, गाई कि त्रिशुल?

Advertisements