‘बरु मलाइ पनि मारिदेउ’

paakhaNdi rajnitiहर्ष र बिष्मात दुबै । हर्ष यस मानेमा कि नेपालले पनि अन्तराष्ट्रिय मानव अधिकार दिवस र भष्ट्राचार दिवस मनायो । ठुलाबढा सुकिलाहरूको सडकमा लावालस्कर र तामझाम चल्यो । बिष्मात यस मानेमा कि शान्ति प्रतिक स्व नन्दप्रसाद कि श्रीमती वीर अस्पतालमा कैदी झैँ थुनिएकी छिन । उनले यो पीडा सहन नसकेर ”बरु मलाइ पनि मारिदेउ” भन्न बाध्य भएकी छिन भने मुलुकका प्रधान मन्त्री ”इमान्दारहरू डराउनु पर्ने र ठुला भश्ट्राचारीहरू खुलेयाम हिडने” बेला आयो भनेर निरिहता ब्यक्त गर्न वाध्य छन ।

ठिक यसैबेला एम. बी. बी. यस. परिक्षाको प्रश्न पत्र आउट गरेर ठुलो धन राषी कुम्ल्याएको भनेर् ठुलै नेताहरूको नाम जोडिएर आयो । माओवादी लडाकुहरूलाई बितरण गरिएको रकम हिनामिना भयो भन्ने बिषय पनि ”तैँ चुप मैँ चुप” त्यसै सेलाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग त नेताहरूको प्रतिष्ठाको बिषय बनेर ज्युँदै घाटमा लमतन्न छ ।

त्यतिमात्र होईन राज्य यति निरिह छ कि अत्यधिक यात्रुहरूले भरिएका सवारी साधन र सडक दुर्घटनाका समाचार चियाको सुर्कोसँगै निल्न सक्छन मन्त्री र तिनका कर्मचारीहरू । एउटा दुर्घटना नसकिंदै अर्को झन् ठुलो दुर्घटनाको अगाडि आउँछ। यसरी बर्षौँ बितिरहेकोछ । कमिला सरी मरेका छन बिचरा ती नेपालीहरू । राज्यलाई ऐया आत्थु केही पनि भएको छैन, रोइरहेको तिनको परिवारलाई फुल्याउनसम्म पनि राज्यका ठेकेदारहरूलाई मतलव छैन। यसरी बराषी बारेको घरमा भोट माग्न सक्छन नेताहरू !

भनिन्छ ”सडक दुर्घटनाको डरलाग्दो शृंखलामा ब्रेक लगाउन पनि नयाँ लोकतान्त्रिक संविधान समयमा जारी हुनुपर्दछ।” संबिधानको नाममा सबै अकर्मण्यताहरू छोपिएका छन, के यति रोक्न पनि संबिधान नै कुर्नु पर्ने ? अर्थात् संबिधान जारी गर्न मर्नेहरूको संख्या अझै नपुगेर रोकिएको हो ! यसैका लागि हो राज्य र त्यसले मनाउने उत्सव र दिवस !!! वास्तवमा नेपालमा पाखन्डी राजनीतिकै कारण प्रजातन्त्र खतरामा परेको हो र यसले अरु संकट निम्त्याउँदै छ।

यस्तो प्रिष्ठभूमिमा मनाइएका दिवसहरूले राज्यका प्रति जनतामा कस्तो सन्देश जाला ! ती सेता पोशाकमा लागेको दाग मेटाउने क्षमता छैन भने सार्वजनिक रुपमा देखाउने दुस्साहस पनि नगरि दिए हुन्थ्यो, किन भने जनताले तिरेको कर खर्च गरेर अर्थ न बर्थका पाटी-चाटी गर्ने अधिकार कसैलाई छैन । नेपाल भ्रष्टाचारको लिष्ट २०१४ मा १२६ औँ स्थानमा झरेको छ जब की २०१३ मा ११६ औँ स्थानमा थियो । झन भ्रष्ट्राचारी हुन किन दिवस मनाइरहनु पर्‍यो ! र नन्दप्रसादकी श्रीमतीलाई मृत्‍यु माग्न वाध्य पार्ने मानव अधिकार किन चाहियो ! मरिरहने नेपालीहरुका लागि किन नै चाहियो र राज्य !

Advertisements

1 Comment

  1. Great piece. Wow …झन भ्रष्ट्राचारी हुन किन दिवस मनाइरहनु पर्‍यो ! र नन्दप्रसादकी श्रीमतीलाई मृत्‍यु माग्न वाध्य पार्ने मानव अधिकार किन चाहियो ! मरिरहने नेपालीहरुका लागि किन नै चाहियो र राज्य !

    Like

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s