सिक्किमिकरणको नयाँ अवतार हो मोदीकरण !

जगदीश वाग्ले @ सिमान्त,

अर्काको अधिनमा रहेका वस्तु धम्क्याएर वा चोरेर वा फकाएर प्राप्त गर्न सकिन्छ । नेपालसँग जलश्रोत लगायत अपार प्राकृतिक श्रोतहरूको खानी छन । त्यस बाहेक राजनैतिक, सामरिक र आर्थिक बिषेशताहरू पनि छन । त्यसलाई प्राप्त गर्ने वा आफ्नो अनुकुल बनाउने छिमेकीहरूको चाहना हो, जुन स्वभाबिक पनि छ । हिजोका दिनहरुमा धम्क्याएर र चोरेर प्राप्त गर्ने अभिष्ट राखेको भनिने रणनितीलाई भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले फकाउने निती का रुपमा लिन  खोज्दैछन । नेपाललाई धम्किन त गाह्रो थियो तर अब, के फकिन सजिलो छ त !

 भारतीय विश्लेषक अनन्द स्वरुप वर्माको लेख कान्तिपुरमा पढदा भारतमा सुधारका लागि ”बिश्वास”को वतावरण बन्दै गएको प्रष्ट देखिन्छ भने नेपाल तर्फका लागि सिक्किमिकरणकै नयाँ अवतार हो- मोदीकरण । बर्माकै शब्दमा  ”सबैजसो पार्टीहरूमा उसले (भारत) लेन्डुपहरूको जमात नै पाइसकेको छ । अब आवश्यकता शक्तिको होइन, कहिले उपदेश दिएर त कहिले आदेश दिँदै, कहिले मुसुक्क हाँसेर त कहिले आँखा कर्के पारेर उसले आफ्नो काम सम्पन्न गर्न सक्छ, जसका लागि अब हातहतियार या सैनिकहरू नै चाहिँदैनन् । यही नै हो, नयाँ अवतारसहितको ‘सिक्किमीकरण’, जसलाई तपाई सुविधाका लागि ‘मोदीकरण’ भन्न सक्नुहुन्छ ।” मोदीले यतिखेर दिएको सन्देश यहि हो । यसका अगाडी सानो नेपाललाई उग्रपन्थी, बामपन्थीहरूको अतिक्रमणबाट प्रजातन्त्र जोगाउँदै संविधान बनाउनै धौ धौ परिरहेको छ । प्रष्टसँग बर्माले उठाएको डरलाग्दो संकेत के हो भने- आज ठुला र शक्तिशाली मुलुकका अगाडी साना र गरिव मुलुकहरू सिक्किमभन्दा निरिह अवस्थामा छन । यो क्रम रोकिनेवाला छैन । स्वरुप मात्रै बदलिएको हो । ”सबैजसो पार्टीहरूमा लेण्डुपहरू’’ पालेको भारतले आँखा झिम्क्याएको भरमै आफ्नो काम गराउन सक्छ । तर बर्माहरूले बुझ्नु पर्ने कुरा के हो भने जसरी भारतवासीका लागि भारत महान छ नेपालीका लागि सानै सहि नेपाल पनि त्यतिनै महान हुन्छ ।

अब आवश्यकता शक्तिको होइन, कहिले उपदेश दिएर त कहिले आदेश दिँदै, कहिले मुसुक्क हाँसेर त कहिले आँखा कर्के पारेर उसले आफ्नो काम सम्पन्न गर्न सक्छ, जसका लागि अब हातहतियार या सैनिकहरू नै चाहिँदैनन् । यही नै हो, नयाँ अवतारसहितको ‘सिक्किमीकरण’, जसलाई तपाई सुविधाका लागि ‘मोदीकरण’ भन्न सक्नुहुन्छ ।”

श्वभरी छरिएर रहेका भारतीय बुध्दिजिवी र धनाड्यहरू अबका दिनहरुमा आफ्नो भूमिका भारतमै खोजी रहेका छन, त्यसकालागि उदार नेत्रित्वदायी भारतिय भूमिकाको पक्षमा जनमत बन्नु स्वभाविक हो । यिनै कुराहरूको प्रतिविम्व ‘मोदिकरण’ हुन सक्छ । आबेनोमिक्स (जापनका प्रधनमन्त्रीको आर्थिक नितिको बिषेशण शब्द ) झैँ मोदिकरण छिट्टै नसेलावोस । पहिलो कार्यकालमा त भारतका तत्कालिन प्रधानमन्त्री डा मनमोहन सिंह पनि चर्चाको सिखरमै थिए, दोश्रो कार्यकालमा ओरालो लागेका हुन ।

नेपालले मोदीका अगाडी यो प्रमाणित गर्न सकोस कि – नेपालका राम्रा योजनाहरू हिजोको भारतीय नितिकै कारण अलपत्रमा परेका हुन ।  विगतमा बिग्रे-भत्केका कुराहरू तर्फ कहिले दरवारलाई त कहिले भारतलाई दोष थोपारेर पाखण्ड गर्दै थियो नेपाली राजनीति तर अबको परिवर्तित सन्दर्भमा नेपालको लक्ष्य भनेको बर्माकै शब्दमा ”नेपाललाई पुन: हिन्दू राष्ट्र बनाउने” मात्रै हो त ! नेपाल कहिले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र त कहिले हिन्दू त कहिले धर्म निरपेक्ष्य भन्दै अन्तर्द्वन्दमा अल्झेको छ । सम्बिधानमा लेखेपनि नलेखेपनि महान क्रान्तिकारीदेखि जनजातिहरू आफ्नो परम्परा हिन्दू संस्कारबाटै गर्दैछन । यिनीहरूले त आफ्नो घरमा आगो सल्काएर पाखण्डको राप लिएका मात्रै हुन । एउटा कुरा के निश्चित हो भने नेपाल पुन: हिन्दुराज्य घोषणा भयो भने पश्चिमाहरूलाई यस क्षेत्रमा आफ्नो अधिन देखाउन मोदीलाई राम्रो अवसर प्राप्त हुनेछ र भारतीय हिन्दू मतदताहरुलाई हिन्दुत्वको पक्षमा सन्देश दिने अवसर पनि मिल्नेछ । नेपाल नितिका कारणबाट पनि मोदीको  सिक्किमिकरण यसरी मोदिकरणमा बदलिँदैछ ।

यो भनेको न रुसले हालै आफुमा गाभेको ‘क्राइमिया’करण हो न त अधिकार नपुगेर स्पेनसँग हालै टुक्रिएको क्याटालोनिया कै अवस्था हो । जे हो त्यो शक्ति विस्तारको अर्को रुप हो।

गत महिना म्यानमारमा भएको भेटमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘म्यान अफ एक्सन‘ को उपमा दिँदै मोदीले आफूलाई प्रभावित पारेको बताए र ओबामाले मोदीको प्रयासले ठोस नतिजा दिन समय लाग्ने भन्न पनि भ्याए । निस्चित रुपमा मोदी एतिखेर केही गरि रहेका छन भने त्यो हो आन्तरिक र बाह्य रुपमा आफ्नो उपस्थिती र शक्तिलाई स्विकार्न लगाउनु । हिजोसम्म आगोपानी बाराबारको अवस्थामा रहेका नरेन्द्र मोदी अमेरिकाका लागि आज एकाएक ‘म्यान अफ एक्सन’ भएका छन ।

आज असमानता बढेको र यसले प्रजातन्त्र सिध्याउन सक्नेदेखि पुँजिवाद सिध्दिन सक्नेसम्मका खतराबारे बिद्वानहरूको अभिमत प्रसस्तै भेटिन्छन । संकेतहरूले के निस्चित गर्दैछन भने समाज चरम बिभाजित हुँदैछ । थोरै धनीहरु र धेरै गरिवहरुका बीचमा अन्तर् संघर्ष बढदो छ । ग्लोबलाइजेशनका हिमायती अमेरिका लगायत धनी राष्ट्रहरू धनिहरुकै प्रतिनिधि भएर रहनेछन । किनभने उनीहरूको आम्दानी र जिवनस्तर घटाउन त्यहाँको जनता मान्दैन । त्यसैले धनीहरूले आफ्नो आवस्यकता पुरा गर्न चारैतिरको श्रोतलाई अधिनमा राख्नु पर्ने हुन्छ । आतंकको नाममा भैरहेको पानी र तेलको राजनीतिले अहिले त्यहि कुराको प्रमाण दीइरहेका छन । मोदीको उदयसंगै भारतले पनि यसै पद चिन्हलाई समात्नेछ ।

मोदी धम्क्याएर वा चोरेर केही लिने भन्दा फकाएर प्राप्त गर्न सकिन्छ भन्नेमा सतर्क देखिएका छन । असल नेत्रित्वको खुबी पनि यहि हो । कम से कम नेपालले आफ्नो आवस्यकता र योजना प्रष्ट पार्न सक्यो र त्यसलाई धम्किमा नपरिकन उठाउन सक्यो भने अहिलेका लागि त्यहिनै ठुलो कुरा हुने थियो । एकजना व्यक्तिको आगमन र परागमनले यतिधेरै सुधारको संकेत गर्न सक्छ भन्ने कुरा नेपालका नेता-जनता सबैले मोदीलाई हेरेर सिक्नु पर्छ । नेपालले पनि मोदीका अगाडी  हिजोका राम्रा योजनाहरू भारतीय नितिकै कारण अलपत्रमा परेका हुन भनेर प्रमाणित गर्न सक्नु पर्ने चुनौती आएकोछ ।


श्रोत

मोदीकरणको नेपाली रूप

ओबामाले गरे मोदीको प्रसंशा

How to Become an Oligarch

Hard Wisdom for Scarce Water 

How the Rich Rule 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s