कम्पनीहरूको शेयर त्यसका कर्मचारी र कामदारलाई

 Jagadish C Wagle ©

economicsआजसम्म आईपुग्दा धनीहरू झनझन धनी हुंदै गए भने गरिवहरु झनझन गरिव। बिकासका धेरै आयम र सिध्दान्तहरू आए, गए र आउदै पनि छन। तर असमानतालाई कसरी कम गर्न सकिन्छ भनेर आज पर्यन्त खोजी भैरहेको छ। विश्वमा बढिरहेको गरिवी र असमानतालाई कम गर्न मानवतावाद र सहयोगलाई औजारका रुपमा प्रयोग गर्न सकिन्छ की भन्ने विषयलाई यहाँ निरन्तर चासो दिन खोजिएकोछ। ती उपायहरू खोतल्ने जमर्को गरिएकोछ।

आजको विश्वलाई हामिले नै बनायौँ, रङायौँ र युध्दका घाउहरूको उपचार पनि गर्यौं। बर्लिनको बलियो पर्खाल र लेलीनका शालिकहरू ढले । साम्यवादको एउटा युगलाई गोर्भाचेवले ग्लास्टनोस्ट र पेरेस्ट्रोइकाको नितिमार्फत शोभियत संघको विघटनसँगै अन्त गरिदिए। गोर्भाचेवलाई त्यतिबेलामात्र पश्चिमी नीतीले झस्का दियो जतिवेला यल्त्सिनले उनलाई ‘विना देशको राष्ट्रपति’बाट पदमुक्त गरिदिए। साम्यवादको अन्त र पुँजिवादको जगजगी भयो। अर्थात ‘रेगन-थ्याचर युग’को सुरुवात भयो । अहिले हामी यहि युगमा छौँ । साम्यवादको बिछोडमा अलपत्र परेका मुलुकहरुको पुनर्संरचना गर्ने भनेर निजिकरण र उदारिकरण (ग्लोबलाईजेसन)को नीती अघि सारियो । यसको कार्यान्वयन गर्ने जिम्मा पुरानै संगठनिक ढाँचा भएका विश्व बैँक र अन्तराष्ट्रिय मुद्रा कोषलाई दीइयो। सुधारकालागि ‘संरचनागत समायोजन’ (स्ट्रक्चरल अड्जस्टमेन्ट)देखी मिलेनियम डेभेलपमेन्ट गोलसम्म कार्यान्वयन गरिंदैछ ।  चाइना, पोल्याण्ड जस्ता मुलुकहरू जस्ले हतारोमा ‘संरचनागत समायोजन’ गर्न मानेन तिनीहरू तिब्र विकास गर्न सफल भएकाछन तर अमेरिकामा असमानता डर लाग्दोगरि बडेकोछ भने वेलायत आर्थिक मन्दिमा फसेकोछ, यिनीहरूको ब्यापार घाटा र राष्ट्र ॠण पनि बढेको छ। गरिव मुलुकहरूले खासै फाईदा लिन सकिरहेका छैनन।

विश्वमा गरिवीको संख्या केही घटेको देखाईए पनि असमानता डर लाग्दोगरि बडेकोछ। कुल राष्ट्रिय आयको झन्डै ८० प्रतिशत हिस्सा २० प्रतिशत धनीहरूको हातमा गइरहेकोछ भने बाँकी रहेको २० प्रतिशत मात्रै ८० प्रतिशत गरिवहरूको आम्दानी भएकोछ। इनिक्वालिटी एक्सपर्ट अक्स्फोर्डका प्रोफेसर ड्यानी डोर्लिङ यसमा पुरै सहमत छन।  विश्वको कुल मध्ये करिव आधा जनसंख्या प्रतिदिन २.५० अमेरिकी डलरमात्रै कमाउछन भने एक अर्ब तीस करोड भन्दा ज्यादा मानिसहरू चरम गरिवी ($ १.२५ प्रतिदिनको आय) को चपेटामा छन। यस तथ्यलाई फराकिंदै गएको ‘गिनी कोफिसिएन्ट’को अंकले पुष्टी गरिसकेको छ। कसरी ग्लोबलाईजेसनको दुरुपयोग गरियो र त्यसले असमानता बढायो भनेर प्रोफेसर जोसेफ स्टिग्लिट्जले क्रमश: ‘ग्लोबलाईजेसन एण्ड इट्स डीस्कण्टेन्ट‘ र ‘द प्राइस अफ ईनीक्वालिटी‘ नामक पुस्तकहरुनै लेखे । सन २००२ को अर्थशास्त्रकोलागि उनको कृति ‘एसिमेट्रिक ईन्फर्मेसन’ मा नोवेल पुरस्कार पाउन सफल यी अर्थशास्त्रीले सन १९९३-९७ सम्म तत्कालिन अमेरिकी राष्ट्रपती विल क्लिण्टनको आर्थिक सल्हाकार परिषदको अध्यक्ष र सन १९९७-२००० सम्म विश्व बैँकको उपाध्यक्ष एवं प्रमुख अर्थशास्त्री भएर काम गरिसकेका छन । यिनले व्हाईट हाउसमा कार्यभार सम्हाल्दा शोभियत संघ विघटन पछिको आर्थिक संक्रमण थियो भने विश्व बैंकको कार्यभार सम्हाल्दा पुर्वी एशियाको वित्तिय संकट सुरु भएको थियो ।

असमानता सहन नसक्नेगरी बढनुमा स्टिग्लिट्जले अमेरिका, विश्व बैँक, अन्तराष्ट्रिय मुद्रा कोष (अमेरिकी कन्सेन्सस)लाई दोशी ठहर्याएका छन भने अमेरिकालाई त प्रमुख अपराधि (प्राईम कल्प्रिट) नै भनेकाछन । किनभने विश्व बैँकबाट प्रदान गरिने ‘संरचनागत समायोजन’ ॠण पाउन पनि अन्तराष्ट्रिय मुद्रा कोषका अनावस्यक शर्तहरू मानै पार्ने भयो । यसबाट खास गरि गरिवहरुको अहित भयो, असमानता बढ्यो । त्यसैले चिन्तित अर्थशस्त्री जोसेफ स्टिग्लित्जले यहि कारण ‘अर्को विश्व सम्भव छ’; र अहिलेको ग्लोबलाइजेसनका नितिहरुमा पध्दतिगत सुधार (सिस्टमेटिक रीफोम)जरुरी छ; त्यो काम ग्लोबलाइजेसनमा  विशिष्टिकरण प्राप्त गरेको संस्थाबाटमात्र संभव छ भनेकाछन । यसबाहेक उनले पनि धनी भईसकेकाहरूलाई नबिगारिकन कसरी तल लैजाने र उभिनै नसक्नेगरी पिंधैमा थिग्रेका गरिवीहरूलाई कसरी बिस्तारै माथी उकाल्न सकीन्छ भनेर उपाय बताउन सकेका छैनन।

दुइजना अमेरिकन अर्थशस्त्रीहरू दरोन् असेमोग्लु र जेम्स ए. रबिन्सनले किन देशहरू असफल हुन्छन (व्हाई नेसन्स फेल) भन्ने पुस्तक लेखेर गरिवीको चर्चा गरे। चरम गरिवीको दुस्चक्रमा फसेका नेपाल जस्ता झन्डै असफल राष्ट्रको कोटिममा परेका मुलुकहरू ॠण अनुदान पाउन आतुर छन तर आइ एम एफ को शर्त मान्न सक्ने अवस्थामा छैनन् भन्ने कुरा पुस्तकको सारबाट बुझ्न गाह्रो छैन। उल्लेखित समस्याको समधान भने म्यासाचुसेट र हार्वार्डका यी अर्थशास्त्रीहरूले पनि दिएका छैनन्। लगानीको हिसाबले ‘विग-पुश’(रोजेन्स्तेइन-रोदन), टेक-अफ(रोस्टो) र ब्यालेन्स्ड ग्रोथ(नर्क्से)संभव नभएका मुलुककले असमान रुपमै सहि लगानी गर्न सक्ने कुरा विद्वान हिर्श्चम्यान, फ्लेमिङ र सिङरले ‘असन्तुलित ब्रिध्दीको सिध्दान्त’ (थ्योरी अफ अन्ब्यालेन्सड ग्रोथ)मा प्रष्ट्याएका छन। त्यतिमात्र होईन संक्रमणका बेला हुनेगरेको भ्रष्टाचारको अद्रिष्य रकमलाई नितिगत संरचना भित्र ल्याएर ”ग्रीज फर व्हिल” वा ‘सीड मनी’ को रुपमा लगानी गराउन सकिने कुरामाथी पनि अध्ययन भएका छन । त्यसका लागि सरकारको परदर्शिता र ताकत जरुरी छ। तर धनी र गरिवविचको दुरी घटाउने अचुक उपाय बताउन एडम स्मिथलाई पिता र जे एम किन्सलाई आफ्नो पुर्वज मान्ने आजका आर्थशस्त्रीहरूलेनै सकिरहेकाछैनन्। सूचना प्रविधिको चरम विकासको कारणले असाध्यै साँघुरो भएको विश्वमा पनि एडम स्मिथ र जे एम किन्सका नितिलेनै काम गर्छन् भन्नु गलत हो । तेसैले अहिले सुधारको अचुक अस्त्र चाहिएको छ । जसले भोलिको पुस्तालाई सुरक्षित राख्न सकोस ।

तर पुर्व अमेरिकी राष्ट्रपती विल क्लिन्टनले महान मानवतावादी दानि एण्ड्रु कार्नेज लाई ढिलै भएपनि पच्छ्याउने जमर्को गर्दै  ‘मानवतावाद’ र ‘सहयोग’लाई फेरि पनि एक उपायको रुपमा सुझाएका छन। स्पेन अमेरीका युध्द पछी २० मिलिन डलरमा अमेरीकाले फिलिपिन्स किन्यो, फिलिपिनोहरूलाई अमेरीकाबाट आफ्नो देश फिर्ता लिन कार्नेजले व्यक्तिगतरुपमा २० मिलिन डलर समेत दिएका थिए। यसका लागि मनोविज्ञानलाई हदैसम्म प्रयोग गरेर धनीहरूलाई दानकोलागि अभिप्रेरित गर्नु पर्ने क्लिन्टनको धारणा हो, छिपेर रहेको मानवतावादी चेतनालाई बाहिर ल्याउनु पर्छ । ज्युँदो छँदा धनको लागि मरिहत्ते गर्ने अकुत धनका मालिकहरू मरे पछि नामकालागि दान दिन धेरै जसो तयार हुन्छन् । सरकार र समाजले तिनीहरूको सम्मान गर्नु पर्छ । यदि यसो हुन सक्योभने माथीको धन सोझै दान मार्फत तल पिंधमा झर्नेछ । त्यसबाट पिंधका गरिवहरू विना आर्थिक भार बिस्तारै सतहमा तैरन थाल्दछन । त्यसैले दान र एकले अर्कोलाई गरिने निश्वार्थ सहयोग दरिलो आधारहरू हुन। माथीबाट धनीहरूलाई संमानजनक रुपमा तल र तलबाट गरिवहरूलाई क्रमश: माथी लैजान सकिन्छ । राष्ट्रपती विल क्लिण्टन सत्ता बाहिर आएपछिमात्रै यो कुरा स्वीकार्नुले अमेरीकी सत्ता संचालनको अघोरिपना पनि बुज्न सकिन्छ। उनीलाई उनकै प्रमुख आर्थिक सल्हाकार प्रोफेसर जोसेफ स्टिग्लिट्जका विचारहरूले मानवतावादी हुन अभिप्रेरित गरेको पो हो की ! भन्न नसकिए पनि सत्य उजागर भएकोछ त्यो स्वागतयोग्य छ।

प्रोफेसर रिचर्ड वल्फले भनेका छन्- ठुला कम्पनीहरूको शेयर त्यसका कर्मचारी र कामदारलाई दिएर निम्न आय भएको वर्गको पनि राष्ट्रिय आयमाथी पहुंच बढाउन सकिन्छ।

ज्युँदो छँदा धनको लागि मरिहत्ते गर्ने अकुत धनका मालिकहरू मरे पछि नामकालागि दान दिन धेरै जसो तयार हुन्छन् । सरकार र समाजले तिनीहरूको सम्मान गर्नु पर्छ । यदि यसो हुन सक्योभने माथीको धन सोझै दान मार्फत तल पिंधमा झर्नेछ । त्यसबाट पिंधका गरिवहरू विना आर्थिक भार बिस्तारै सतहमा तैरन थाल्दछन । त्यसैले दान र एकले अर्कोलाई गरिने निश्वार्थ सहयोग दरिलो आधारहरू हुन। यी सबै कामका लागि माथी उल्लेख गरिएका शक्तिहरू लगायत सबै सहमत हुनुपर्छ। त्यसकालागी उनिहरु ‘निश्वार्थ सहयोग’ गर्न सहमत हुनुपर्छ।

http://wp.me/p4eVoB-jf

Feature Image : © http://www.cameron-alexander.co.uk

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s